Logo

२०८३, कार्तिक २८गते


images
images

ब्लड क्यान्सर पिडित उचैलाई मगर संसारको १ लाख बढि सहयोग

ब्लड क्यान्सर पिडित उचैलाई मगर संसारको १ लाख बढि सहयोग

images
  • ब्लड क्यान्सर पिडित उचैलाई मगर संसारको १ लाख बढि सहयोग
    images

    देवदह । रुपन्देहीको देवदह -७ निवासी प्रशान्त उचै ठकुरीलाई मगर संसार फोटो ग्यालरीले आर्थिक सहयोग गरेको छ।

    images
    images
    images

    २ महिना अगाडि ब्लड क्यान्सर भएर चितवन मेडिकल कलेजमा उपचार गरि थप उपचारका लागि भारतको मेदान्त अस्पतालमा उपचाररत रहेका २१ वर्षीय प्रशान्त उचैलाई  मगर संसार फोटो ग्यालरीले १ लाख ५ हजार ४ सय सहयोग हस्तान्तरण गरेको हो।

    images
    images
    images

    लामो समय देखी सामाजिक कार्यमा क्रियाशिल मगर संसार फोटो ग्यालरीले हाल सम्म १५६ औं पटक सहयोग हस्तान्तरण गरिसकेको मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछानेले जानकारी दिए  । अध्यक्ष लामिछाने मगरको पहलमा कोरियामा रोजगारीमा रहेका सहयोगीदाताबाट आर्थिक संकलन गरि सहयोग हस्तान्तरण गरिएको हो।

    images
    images

    त्यस्तै अस्ट्रेलियाबाट समेत १ लाख ३० हजार ९ सय रुपैयाँ सहयोग संकलन गरि हस्तान्तरण गरिएको छ। अस्ट्रेलियामा निवासी सुनिता न्यौपानेको पहलमा संकलन गरिएको उक्त रकम अमृत न्यौपानेले समन्वय गरि हस्तान्तरण गरिएको हो।

    रकम हस्तान्तरणका कार्यक्रममा नगर प्रबक्ता गणेश डुम्रे, नेपाल मगर संघ देवदहका अध्यक्ष शोभा कुमारी थापा, नेपाल मगर संघका पूर्व जिल्ला सह-सचीव तथा न्यु लुम्बिनी बोर्डिङ स्कुलका प्राचार्य विनोद थापा मगर, मिलन माश्की राना,फुलमाया श्रीस, जस्मिन पचभैया, नविना पुन लगायतको सहभागिता रहेको थियो।

    हाल उपचाररत रहेका उचैको स्वास्थ्य अवस्थामा क्रमश : सुधार हुँदै गएको दाजु प्रविन उचैले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ब्लड क्यान्सर पिडित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।