Logo

२०८३, कार्तिक २८गते


images
images

आधारभूत स्काउट तालिम सम्पन्न 

आधारभूत स्काउट तालिम सम्पन्न 

images
  • आधारभूत स्काउट तालिम सम्पन्न 
    images

    देवदह  । स्थानीय स्काउट देवदहको आयोजनामा असार १२ गते देखी सुरु भएको एकहप्ते स्काउट तालिम सम्पन्न भएको छ। तालिममा सामुदायिक तथा निजि विद्यालयका २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

    images
    images
    images

    समापन कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले स्काउट तालिमले विद्यार्थीलाई अनुशासनमा कायम राख्न उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे ।प्रमुख अतिथि समेत रहेका खरेलले तालिम पश्चात् अनुशासित र मर्यादित समाज निर्माणका लागि सकारात्मक भूमिका रहने उल्लेख  गरेका थिए । received_1098407501562683.jpeg

    images
    images
    images

    नगर प्रमुख खरेलले स्काउटले सामाजिक रुपमा परिवर्तन गर्ने नेतृत्वदायी भुमिका सृजना गर्ने हुँदा विद्यालय स्तरमा स्काउटको भुमिका अहम हुने बताए ।

    images
    images

    सोही कार्यक्रममा नगर प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ र नगर शिक्षा अधिकारी टिकाराम शर्मालाई नेपाल स्काउटको विधान अनुरुप दीक्षित समेत गरिएको थियो।

    नेपाल स्काउटका लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराई, कोर्ष लिडर दावा शेर्पा लगायतले आ-आफ्नो भनाई राखेका थिए । 

    उक्त तालिममा कोर्ष लिडरका रुपमा कोर्ष लिडर दावा शेर्पा र काउन्सिलरहरु छबिलाल कंडेल, बिक्की डुम्रे, पुकार ढकाल  रहेका थिए ।

    समापन कार्यक्रम स्थानीय स्काउट देवदह नगरपालिकाको संयोजक विकास गहतराजकाे अध्यक्षता र राहुल देव सापकोटाको संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आधारभूत स्काउट तालिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।