काठमाडौ । मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसर पारेर नेकपा एमालेको केन्द्रिय वन तथा वातावरण विभागले बृहत वृक्षारोपण कार्यक्रम गरेको छ ।
नेकपा (एमाले)ले मनाइरहेको मदन जयन्ती सप्ताह अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो ।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको प्रमुख अतिथ्यता र वन तथा वातावरण विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा काठमाडौंको मुलपानी स्थित चखण्डोल सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
वरिष्ठ उपाध्यक्ष पोख्रेलले मदन भण्डारीले कम्युनिस्ट आन्दोलनलाई दिएको योगदानको बारेमा चर्चा गरेका थिए। एमालेका विज्ञ समुहको रुपमा रहेका विभागहरुले यस्तै रचनात्मक काम गरेमा एमालेको जनसंगठनहरु बलियो हुँदै जाने र वृक्षरोपण जस्ता अभियानहरु देश व्यापी रुपमा गर्दै जाने हो भने पर्यावरण हरभारा हुने र वातावरणका प्रतिकुल असरहरु पनि न्युन हुने कुरामा आफू विश्वस्त रहेको बताए ।
वृक्षारोपणमा नेपाल वन प्राविधिक महासंघका अध्यक्ष डा. किरण पौडेल , विभागका सदस्यहरु, वागमती प्रदेशका नेताहरू , वन प्राविधिक महासंघ , वातावरण प्राविधिक एवं युवा जलवायु अभियान्ताहरुको बाक्लो उपस्थिति थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology