Logo

२०८३, आश्विन ९गते


images
images

कविता :`बा´को मार्कसिट

कविता :`बा´को मार्कसिट

images
  • सेतोमसी सहकर्मी
  • कविता :`बा´को मार्कसिट
    images
    images

    शिर्षक: 'बा'को मार्कसिट

    images
    images
    images

    "बाबू तिमीलाई ठूलो भएसी के बन्न मन छ?"
    -"डाक्टर बन्न"

    images
    images
    images

    याद छ तिमिले म ७ बर्षको हुदा मलाई सोधेको प्रश्नको 
    मैले यसरी उत्तर दिएको थिएँ।
    आज म २३ वर्षको भए बा
    म डाक्टर बन्न सकिन त्यो आफ्नो ठाउँमा छ
    तर मलाई फेरि यो प्रश्न गर्यौ भने
    म पक्का भन्नेछु
    मलाई तिमिजस्तै बन्न मन छ।
    निडर, साहसी र वलवान।

    images
    images
    images

    बा
    तिमी ढुङ्गाले बनेका छौ हो?
    किनकी तिमी भगवान हौ
    मन्दिरको भगवान पनि त ढुङ्गाले नै बनेका हुन्छन् 
    आँधी आओस् या तुफान
    भुकम्प आओस् या बाढी
    त्यो ढुङ्गाको मुर्तिलाई केही फरक पर्दैन।
    बा तिमी पनि ढुङ्गाले बनेको भगवानको मुर्ती जस्तै छौ
    जो जति ठूलो बज्रपात आएपनि अडिग रहन्छ।
    सहनशीलता भन्ने शब्द यदि कसैलाई हेरेर नेपाली शब्दकोषमा राखिएको हो भने,
    त्यो पक्का तिमिनै हुनुपर्छ। 
    भगवानलाई पनि त कहिलेकाही पीडा हुँदो हो!
    जसरी शिव, शतिको मृत्युमा रोएका थिए
    जसरी श्री राम, सिताको हरणले टुटेका थिए
    जसरी श्री कृष्ण, राधाको वियोगमा पिल्सिएका थिए
    ढुङ्गाकै सहि
    जब मुर्तिलाई
    बारम्बार हतौडाको प्रहार हुन्छ
    भगवानकै भएपनि त त्यो
    टुक्राटुक्रा हुन्छ।
    बा तिमि त भगवान भन्दा पनि शक्तिशाली छौ
    तिमिलाई एक लाख चोट परोस् 
    तिमी एक सय पनि डगमगाउदैनौ।
    दु:खको प्रहारलाई पसिनाको मलहम लगाएर
    जिम्मेवारीको घाउ तिमी सजिलै पुरिदिन्छौ।
    सानो सियोले घोच्दा 
    चार गाउँ थर्किनी गरि रुने
    मेरो भविष्य जोड्न
    तिम्रो आफ्नो पाउमा काँटि रोप्छौ।
    बा यदि तिम्रो गहको भिडियो एक्सरे गर्ने हो भने
    कुनै पुरानो फलाममा जमेको खिया जस्तै
    तिम्रो गहमा जमेको आँशुको दाग भेटिने छ
    जस्लाइ तिमिले धेरै पटक आँखाको डिलमा झर्नबाट रोकेका छौ।
    आमालाई धेरै सजिलो छ
    रुनलाई तिम्रो काँध छ
    हास्नलाई मेरो समय छ।
    आमालाई एनिभर्सरी, बर्थडे, भ्यालेन्टाइन्स डे 
    सब याद हुँदा 
    तिमिलाई मेरो कलेजको फि तिर्नी डेड्लाइन याद हुन्छ।
    आमालाई एनिभर्सरिमा झल्लरे सारी किनिदिदा
    तिमिले आफुले खाने खाजा काट्छौ।
    मैले कालो टल्केको जुत्ता लाउन पाउँ भनेर
    तिमिले सोल जानै लागेको पुरानो गोल्ड्स्टार लगाएर हिड्छौ।
    म नहुँदा गुन्द्रुकले छाक टार्ने घरमा
    म होस्टेलबाट आउने दिन खसिको मासु तयार पार्छौ।
    धुलाम्मे बाटोमा आफुलाई चोकचोकमा बेचेर ल्याएको पैसा
    मेरो खातामा राखिदिदै
    "छोरा किन चिन्ता लिन्छस, बाउ हुँदा हुँदै" भन्छौ।

    बा मलाई डर लाग्छ
    तिमी बूढो भएको देख्दा
    हिमाल जस्तै सेता तिम्रा फुलेका केशले
    म तिम्रो छोरा हुन ढिला गरेँ भन्ने आभास दिलाउछ।
    तिमिले अब केही बर्ष त हो त्यस्पछी तँ छदै छस् नि भन्दा
    तिमी बस बा अब तिम्रो छोराले घर चलाउँछ भन्न मन लाग्छ।
    बा यदि तिम्रो संघर्ष कुनै डिग्री हुँदो हो भने
    तिमिलाई मार्कसिटमा सय प्रतिशतमा सय दिदा पनि कम पर्छ।
    तिमिले आफ्नो आयुको आधा हिस्सा मेरा लागी खर्चियौ
    तिम्रो बचेको आयुको हरेक पल अब तिम्रो यो छोराले ज्युन लायक बनाउनेछ
    अनि भन्नेछ "बा किन चिन्ता लिन्छौ, छोरो हुँदा हुँदै"।

    -मनिस पाण्डेय

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।