Logo

२०८३, कार्तिक २८गते


images
images

दलित सशक्तिकरणका लागि शितगंगामा अन्तरक्रिया

दलित सशक्तिकरणका लागि शितगंगामा अन्तरक्रिया

images
  • दलित सशक्तिकरणका लागि शितगंगामा अन्तरक्रिया
    images

    अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा दलित सशक्तिकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  जनबोली कार्यक्रम अन्तरगत नगरपालिकाको आर्थिक सहयोग र सिंगल मिडिया नेटवर्क प्रालिको सहजीकरणमा बुधबार अन्तरक्रिया भएको हो। 

    images
    images
    images

    अन्तरक्रियामा बोल्दै शितगंगा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष  चन्द्रमणि बेल्बासेले छुवाछुत र जातिय भेदभाव सभ्य समाजको बाधक रहेको बताए। समतामुलक समाज निर्माण अहिलेको आवश्यकता रहेको बताए।  आफु शिक्षक पेशा छोडेर समाज परिबर्तनको लागि अग्रसर भएकोले जनताको भाबना अनुसार अगाडि बढेका छौ उल्लेख गर्दै अध्यक्ष बेल्बासेले दलित समुदायको सशक्तीकरणको लागि कानुनी साक्षरता, महिला प्रजनन स्वास्थ्य लगायतका  कार्यक्रमलाई प्रभाबकारी रुपमा अगाडि बढाएको जानकारी दिए । 

    images
    images
    images

    कार्यक्रममा सहभागीहरूले नगरपालिका र वडा कार्यालयले गरेका काम र त्यसको प्रभावसंगै आफूहरूको सुझाब प्रस्तुत गरेका थिए।  कार्यक्रममा सहभागी   मन्जु परियारले दलित सशक्तिकरणका कार्यक्रम बस्ती स्तरमा चलाएपछि यसले महिलाको लागि नेतृत्व विकासमा प्रत्यक्ष प्रभाब पारेर दलित महिलाको स्तरमा बृद्धि भएको बताइन।  अर्का सहभागी बेलकुमारी परियारले पहिलाको तुलनामा अहिले छुवाछुवकोे अन्त्य भएर समाज समतामुलक समाजमा केन्द्रित भएको उल्लेख गरिन्। शर्मिला नेपालीले दलित महिलालाई सशक्तिकरणका कार्यक्रमले हरेक महिलामा चेतनाको स्तरमा समेत बृद्धि भएको र  यस्ता कार्यक्रमलाई वडा वडा बस्ती बस्तीमा चलाउनुपर्ने सुझाब दिईन ।

    images
    images

    त्यसैगरी आयुषा नेपालीले नेपाली समाज परिबर्तनशील भएको अबस्थामा नेपालको संविधानले प्रदान गरेका अधिकारको प्रत्याभुति हरेक नागरिकलाई दिलाउनु आजको आबश्यकता रहेको धारणा व्यक्त गरिन्। मनकला नेपालीले समाज रुपान्तरणमा दलित समुदायको महत्वपुर्ण भुमिका रहेकोले दलित समुदायलाई आज पनि विभिन्न बाहनामा बन्चित गराउन खोज्नु दुखद भएकोले समग्र दलित समुदायको विकासको लागि सबै लाग्नुपर्नेमा जोड दिईन। शोभा विकले व्यबस्था परिबर्तनको लागि लडेकोे दलित समुदायको विकासको लागि सबै एकरुपताका साथ अगाडि बढाउनको नगरपालिकाले ध्यान पुर्याउनुपर्ने बताइन ।  

    कार्यक्रममा बोल्दै स्थानिय आशा विक, जानका नेपाली,  अस्मिता नेपाली,  मनिषा नेपाली, मिठु पौडेल, टामलाल पौडेल, भरत विश्वकर्मा  लगायतले दलित समुदायको सशक्तिकरण विकास लागि बस्तीस्तरबाट योजना तर्जुमा गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । 

    सो अवसरमा वडा सदस्यहरू  शेषकान्त पौडेल, मिना भुसाल, दामोदर न्यौपाने, शितगंगा नगरपालिकाका प्राविधिक प्रमुख भरत विश्वकर्मा लगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए। 

     नगरपालिका वडा नम्बर ५ का दलित महिला वडा सदस्य मिना परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार अनिल नेपालीले गरेका थिए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।