Logo

२०८३, श्रावण ३०गते


images
images

आइपिएल सिजन-१४

आईपीएल सुरु, आज हुने उद्घाटन खेलमा बिराट र रोहित भिड्ने

आईपीएल सुरु, आज हुने उद्घाटन खेलमा बिराट र रोहित भिड्ने

images
  • सेतोमसी सहकर्मी
  • आईपीएल सुरु, आज हुने उद्घाटन खेलमा बिराट र रोहित भिड्ने
    images
    images

    इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आजदेखि सुरु हुँदैछ । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरु भिड्ने छन । नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईमा खेलिनेछ ।

    images
    images
    images

    दुई टोली सिजनको पहिलो खेलमा दुई टोली भिडेको यो पहिलो अवसर हो । मुम्बईको नेतृत्व रोहित शर्माले गर्ने छन् भने बैंग्लुरुको नेतृत्व विराट कोहलीले गर्ने छन् ।

    images
    images
    images

    बैंग्लुरुले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेको छ । तर, तीनै पटक उसले हार ब्यहोरेको छ । बैंग्लुरु सन् २००९, २०११ र २०१६ मा गरी तीनपटक प्रतियोगिताको फाइनलमा पुगेपनि हालसम्म उपाधिविहीन रहेको छ । गत सिजन टोली एलिमिनेटरमा पराजित भएको थियो । यो सिजन टोलीसँग पहिलोपटक उपाधि जित्ने अवसर छ ।

    images
    images
    images

    गत सजन कोहलीले १५ खेलमा ४६६ रन बनाएका थिए भने युवा खेलाडी देवदत्त पडिक्कलले सर्वाधिक ४७३ रन बनाएका थिए ।

    उता, मुम्बईले आफ्ना सुरुवाती १३ मध्ये ४ खेलमात्र जितेको छ । सन् २०१३ पछि टोलीले आफ्नो पहिलो खेल जित्न सकेको छैन । यद्यपि, पहिलो खेल हारेपछि टोलीले उपाधि भने जित्न थालेको छ । सन् २०१३ मा टोलीले पहिलो उपाधि जितेको छ । त्यसपछि रोहितको कप्तानीमा मुम्बईले सबैभन्दा बढी ५ पटक उपाधि जितेको छ ।

    मुम्बईले पछिल्ला दुई सिजन लगातार उपाधि जितेको छ । गत सिजन मुम्बईले दिल्ली क्यापिटल्सलाई हराएको थियो । यो सिजन मुम्बई उपाधिको ह्याट्रिक गर्ने सोचमा हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।