Logo

२०८३, कार्तिक २५गते


images
images

लुम्बिनी प्रदेशमा एमाले र सरकारबीच सहमति 

लुम्बिनी प्रदेशमा एमाले र सरकारबीच सहमति 

images
  • लुम्बिनी प्रदेशमा एमाले र सरकारबीच सहमति 
    images

    दाङ । लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ।

    images
    images
    images

    हिजो मंगलबार राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले सदनमा सम्बोधन गरेर बुधबारदेखि देखि सदन संचालन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए।

    images
    images
    images

    एमालेसँग मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमती गरेका हुन्।

    images
    images

    वार्तामा विपक्षी दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरी बसेका थिए।

    सभामुख तुलाराम घर्तीले विपक्षी दलसँग सहमति भएको बताए। असार १ गते आएको बजेटका विषयमा छलफल गर्न १३ गतेदेखि बसेको सदन प्रमुख विपक्षी दल एमालेले लगातार अवरोध गर्दै आएको थियो।

    सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा बुधबार दिउसो १ बजेका लागि बोलाइएको छ।

    हिजो मंगलबार बसेको १६ औँ बैठकमा बजेट किताब च्यातेर एमालेले सदन बहिस्कार गरेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।