Logo

२०८३, आश्विन ९गते


images
images

भित्तामा कार्टुन बनाएर मेरो प्रचार गरिएकोमा धन्यवाद : मेयर विद्यासुन्दर शाक्य

भित्तामा कार्टुन बनाएर मेरो प्रचार गरिएकोमा धन्यवाद : मेयर विद्यासुन्दर शाक्य

images
  • भित्तामा कार्टुन बनाएर मेरो प्रचार गरिएकोमा धन्यवाद : मेयर विद्यासुन्दर शाक्य
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले रत्नपार्कको पुलको भित्तामा आफ्नो कार्टुन कारेर प्रचार गरिएकोमा धन्यवाद दिएका छन् ।

    images
    images
    images

    मंगलबार नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उनले कार्टुन बनाएर प्रचार गरिएकोमा व्यक्तिगत रुपमा आफूले धन्यवाद दिन चाहेको उनले भने ।

    images
    images
    images

    उनले भने, ‘कार्टुन बनाएर मेरो प्रचार गरियो । उहाँहरुलाई व्यक्तिगतरुपमा धन्यवाद तर, सर्वोचको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।’

    images
    images
    images

    केही दिनअघि नेपाली काँग्रेस निकट विद्यार्थी संघ नेविसंघले रत्नपार्कको आकाशे पुलको भित्तामा ‘काठमाडौं महानगरपालिका मुर्दावाद’ र ‘विद्यासुन्दर शाक्य मुर्दावाद’ भन्ने नाराका साथ कार्टुन कोरेका थिए । उक्त विषयमा आज शाक्यले मुख खोल्न बाध्य भए ।

    तर, जो कोही नीतिभन्दा बाहिर जान नहुने बताउँदै सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लङ्घन गर्न नमिल्ने उनको भनाइ रहेको छ । उनका अनुसार जे नीति छ, त्यही नीति कार्यान्वयन गर्नुपर्छ ।

    यसैगरी ‘कोभिड फ्रन्टलाइनर’ हरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको पनि बताएका छन् । साथै, आफूले सकारात्मक सुझाव ग्रहण गर्न तयार रहेको तर, मेयरलाई देखाइन्छिौँ भनेर नीति–नियमको उल्लङ्घन गर्न नमिल्ने उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।