Logo

२०८३, कार्तिक २८गते


images
images

गुडिरहेको बसमा लाग्यो करेन्ट, २ जनाको मृत्यु

गुडिरहेको बसमा लाग्यो करेन्ट, २ जनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • गुडिरहेको बसमा लाग्यो करेन्ट, २ जनाको मृत्यु
    images

    सल्यान।  जिल्लामा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ।

    images
    images
    images

    बिहीबार बिहान साढे १० बजेको समयमा गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका ४ का ७० वर्षीय बालाराम डाँगी र उनका ४० वर्षीय छोरा टोपलाल डाँगी रहेका छन्।

    images
    images
    images

    सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला नजिक गुडिरहेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसीले दुई जनाको मृत्युसँगै गाडी साहू छत्रेश्वरी गाउँपालिका–६ सल्यानका ३३ वर्षीय महेन्द्र वली गम्भीर घाइते भएको जानकारी दिए।

    प्रहरीका अनुसार वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।