Logo

२०८३, आश्विन १०गते


images
images

श्रृङ्गा जनता माविकि स्मृति कडेंल गुल्मी प्रथम भएको दाबी

श्रृङ्गा जनता माविकि स्मृति कडेंल गुल्मी प्रथम भएको दाबी

images
  • श्रृङ्गा जनता माविकि स्मृति कडेंल गुल्मी प्रथम भएको दाबी
    images
    images

    गुल्मी । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार प्रकाशित गरेको एसईई २०७९ को नतिजामा जिल्लाको छत्रकोट गाउँपालिका स्थित श्रृङ्गा जनता मावि जिल्लामै प्रथम भएको दाबी गरिएको छ  । गाउँपालिकाको वडा न.४ मा अवस्थित श्रृङ्गा जनता माध्यमिक  विद्यालयकी छात्रा स्मृति कंडेलले ४ जिपिए ल्याएर एसईई परिक्षा उतिर्ण गरेसंगै सो विद्यालय जिल्लामै प्रथम भएको दाबी गरिएको हो ।
     
    गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले भर्खरै प्रकाशित नतिजामा हालसम्म ४ जिपिए ल्याएको अन्यत्र नसुनिएको र ४ जिपिए भन्दा माथिको अंक पनि नहुने भएकाले छत्रकोट ४  अवस्थित श्रृङ्गा जनता माध्यमिक विद्यालयकी छात्रा कंडेलले जिल्लामा मात्रै नभएर समग्र देशमै सर्वोत्कृष्ट नतिजा ल्याएकाले दाबी गरिएको बताए। सो विद्यालयमा ४५ जना विद्यार्थीले परिक्षा दिएकोमा ४५ जना नै राम्रो जिपिए सहित उत्तीर्ण भएका छन् ।

    images
    images
    images

    जसमध्ये ४ जिपिए ल्याउने स्मृति बाहेक अन्य ५ जना विद्यार्थीहरुले ३.६ जिपिए देखि ४ जिपिए सम्म ल्याउन सफल भएका छन् भने अन्य विद्यार्थी पनि राम्रो जिपिए सहित उत्तीर्ण भएको विद्यालयले जनाएको छ।
    विद्यालयलाई उत्कृष्ट नतिजा दिलाउन अनवरत रुपमा खट्ने विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायत सम्पुर्णलाई विद्द्यालयका प्र.अ विकासचन्द्र खरेलले धन्यवाद दिएका छन् । 

    images
    images
    images


    त्यस्तै विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामचन्द्र कंडेलले जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छात्रा स्मृति कंडेल लगायत उत्कृष्ट नतिजा सहित पास हुने सबैलाई बधाई सहित संबंधित सबैलाई धन्यवाद प्रकट गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रृङ्गा जनता मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।