नविन लुइँटेल, देवदह । रुपन्देहीको देवदहमा वार्षिक योजनाको समिक्षा सङ्गै टोल विकास समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम र पत्रकार सम्मान कार्यक्रम सम्पन्न भएको छ। देवदह नगरपालिका वडा नं ५ को आयोजनामा बिहीवार ल उक्त कार्यक्रम सम्पन्न भएको हो
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदह नगरपालिकालाई विकासको बाटोमा अघि बढ्नका लागि टोल विकास संस्थाले महत्त्वपूर्ण भुमिका खेलेको बताइन । समग्र नगर विकासका लागि टोल विकास संस्थाको प्रमुख भुमिका रहेको उनको भनाइ रहेको छ। युवा नेतृत्व भएका कारण देवदह नगरपालिका वडा नं ५ सबै वडा मध्य नमुना वडा बन्न सक्ने भन्दै शुभकामना व्यक्त गरिन।
साथै देवदहका पत्रकारले स्थानीय सरकारका गतिविधि नगरबासीसम्म पुर्याउन महत्वपूर्ण योगदान पुर्याएको उनले बताईन ।
सो अवसरमा टोलविकासका पदाधिकारीलाई प्रशिक्षित गर्दै देवदह नगरपालिकाका जनस्वास्थ्य निरीक्षक गिरि तरामुले आफुले आफ्नो घर र गाउँ आफैले सफा राख्न सके वार्डनै रोग मुक्त हुने बताए। अभिमुखिकरण कार्यक्रम संचालन गर्दै देवदह नगरपालिका पञ्जिकरण शाखा प्रमुख फडिन्द्र बगालेले जन्म, मृत्यु र बसाइँसराइको सम्बन्धि जानकारी गराएका थिए।
सोही कार्यक्रम देवदह नगरपालिकाभित्र सक्रिय रहेका ११ पत्रकारसङ्गै टोल विकास संस्थालाइ सम्मान गरिएको थियो।
कार्यक्रम देवदह नगरपालिका वडा नं ५ वडाध्यक्ष गणेश डुम्रेको अध्यक्षता, देवदह नगरपालिकाका नगरउपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यता र वडा नं ५ का वडा सदस्य हुमनाथ भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology