कृष्ण अन्जान, गुल्मी। रुरुक्षेत्र गाउँपालिकाको भट्कुवा भन्ने बित्तिकै कुनै बेला गाेरसका लागि प्रख्यात थियाे ।
यहाँका बासिन्दाहरूले एक घण्टाको बाटो लगाएर पानी बोकेरै भएपनि लैना बकेर्ना भैँसी पाल्थे । भट्कुवा गाउँमा पुग्ने जाे केहीलाई सम्झना छ पानी माग्दा मोही र मोही दिने र मोही माग्दा दही दिने गरेको भनाई प्रचलनमा छ ।
यहाँको कनिका परेकाे घिउ सँग खाएकाे खाना, दहि माेहि बाक्लो दुधकाे सम्झना अझै गर्छन यस क्षेत्रका मान्छेहरु । तर बिडम्बना गाउँमा पानी पुग्याे, बिजुली, बाटाे सबै पुग्याे तर गाउँले यसरी बिस्थापित भए कि भट्कुवा शून्य छ । करिब तिनसय पचास घर भएकाे भट्कुवाकाे नेटे,टाकुरा, सापकाेटा टाेल, ज्यामीरे, सालिपाेखरी, तिलाहर ,सातमुरे टाेल करिब खाली छ र मुस्किलले सय घरमा बसाेवास भएकाे अनुमान गरिन्छ ।
बसाइँसराइका कारणले रित्तो गाउँमा पनि गाउँमा बसेकाहरुले गाउँमा केही गर्नुपर्छ भनेर लागेका छन् ।
मुख्यरुपमा रुरुक्षेत्र गाउँपालिका वडा नं १ का वडा सदस्य शुसिल श्रेष्ठ आफ्नो पुर्ख्यौली घर रिडी छाडेर भट्कुवामा बसेका छन र भट्कुवाकाे विकास र समृद्धिकाे आधार खाेज्दैछन्।
जाने त गै गए गाउँमा बस्नेका लागि गाउँमै बस्ने पूर्वाधारको विकास गर्ने मेरो लक्ष हाे विकास निर्माण त भएका छन नै आय आर्जनका लागि तरकारी खेती ,बाख्रापालनलाई विशेष जोड दिइएको छ । पछिल्लो चरणमा बढ्दो जंगली जनावरले कृषि योग्य उत्पादन जोगाउन अप्ठ्यारो भईरहेकाे अवस्थामा भट्कुवा गाउँलाई बेसार खेतीकाे हव बनाउने अभियानमा वडा सदस्य श्रेष्ठले ध्यान केन्द्रित गरेका छन्।
यसैको प्रारम्भिक चरणमा घरेलु तथा साना उधाेग कार्यालय तम्घासकाे आयाेजनामा तिनदिने खाद्द प्रसाेधन तालिम भट्कुवामा शुरु भएकाे र याे प्रसोधन तालिममा मुख्यतया बेसार प्रसाधनका बारेमा भट्कुवाका किसानलाई सैद्धान्तिक र व्यवहारिक सिकाइ प्रदान गरिने लक्ष लिईएकाे वडा सदस्य श्रेष्ठले बताए ।
तालिम सँगै बेसार उत्पादन पछि प्रसाेधन र प्याकिँग गर्न सकिने मशिन समेतकाे व्यवस्था भट्कुवामा भएकाे उनले बताए ।
बढ्दो जंगली जनावरबाट वाली जोगाउन नसक्दा वैकल्पिक खेतिकाे रुपमा बेसार खेति भट्कुवा गाउँका लागि अत्यन्तै उपयाेगी हुने रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकको धारणा छ ।
हुनपनि यतिबेला रुरुक्षेत्र गाउँपालिका धेरै वडाहरूमा बाँदर, ढेँडुवा, दुम्सी,बँदेल, खरायो,लगायतका जंगली जनावरले किसानलाई रातदिन हैरान पारी रहँदा बजारजस्ता खाद्यान्नको उत्पादन र प्रसाेधन भए आय आर्जन सँगै आर्थिक समृद्धिमा आम किसानलाई जाेड्न सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology