Logo

२०८३, आश्विन १०गते


images
images

स्थानीय तह

तोकिएको पसलबाट विद्यार्थीले पोशाक किन्नु नपर्ने

तोकिएको पसलबाट विद्यार्थीले पोशाक किन्नु नपर्ने

images
  • सेतोमसी सहकर्मी
  • तोकिएको पसलबाट विद्यार्थीले पोशाक किन्नु नपर्ने
    images
    images

    बुटवल । तिलोत्तमा नगरपालिकाले अभिभावक र विद्यार्थीको भावना विपरित निश्चित पसलबाट मात्र विद्यार्थीहरुको पोशाक खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना नगर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

    images
    images
    images

    व्यापारीहरुसँगको मिलेमतोमा टेण्डर मार्फत पोशाक खरिद गर्ने प्रक्रिया मिलाई विद्यार्थी र अभिभावकहरुलाई निश्चित पसलबाट मात्र पोशाक खरिद गर्न बाध्यात्मक परिस्थिति सृजना गर्दा विद्यार्थीहरुले आफुलाई मिल्दो अनुसारको पोशाक लगाउन नपाएको गुनासो आएपछि यस्तो व्यवस्थामा रोक लगाएको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    ‘नगरपालिका भित्र सञ्चालित सामुदायिक, संस्थागत विद्यालय तथा क्याम्पसहरुले विद्यार्थीहरुको पोशाकका सम्बन्धमा निश्चित व्यापारीहरुसँगको मिलेमतोमा टेण्डर मार्फत पोशाक खरिद गर्ने प्रक्रिया मिलाई विद्यार्थी र अभिभावकहरुलाई निश्चित पसलबाट मात्र पोशाक खरिद गर्न बाध्यात्मक परिस्थिति सृजना गरेको, जसबाट विद्यार्थीहरुले आफुलाई मिल्दो अनुसारको पोशाक लगाउन नपाएको भनी यस कार्यालयमा विभिन्न माध्यमबाट गुनासो प्राप्त भएको हुनाले यस नगरभित्र सञ्चालित कुनै पनि शैक्षिक संस्थाले अभिभावक र विद्यार्थीको भावना विपरित त्यस्तो कार्य नर्गनु नगराउनुहुन जानकारी गराइन्छ ।’ –सूचनामा भनिएको छ ।

    images
    images
    images

    साथै नियम विपरित यस्ता कार्यहरु गरेको पाइएमा नियमानुसार कारवाही गरिने गर्ने चेतावनी समेत दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।