Logo

२०८३, आश्विन १०गते


images
images

४ जिपिए ल्याएका पाण्डे भन्छन्, ‘जे गर्छु नेपालमानै गर्छु’

४ जिपिए ल्याएका पाण्डे भन्छन्, ‘जे गर्छु नेपालमानै गर्छु’

images
  • सेतोमसी सहकर्मी
  • ४ जिपिए ल्याएका पाण्डे भन्छन्, ‘जे गर्छु नेपालमानै गर्छु’
    images
    images

    नवलपरासी। एसइइको नतिजा सार्बजनिक भए संगै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु डाक्टर, इञ्जीनियर तथा चाटर्ड एकाउन्टेन्ट बन्ने भन्दै उच्च शिक्षाका लागि योजना बनाउने गर्दछन् । प्राय पछिल्लो समय विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्नका विदेश जाने र उतै पलायन हुने क्रम बढ्दो छ । पश्चिम नवलपरासीको बर्दघामा रहेको न्यू लाईफ मावीबाट ४ जिपिए ल्याएर सोयम पाण्डे एसइइमा देशमै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको सुचिमा परेका छन् । पाण्डेले देशकै उत्कृष्ट नतिजा ल्याए पछि उनका ७६ बर्षिय उनका हजुरबुबा डालाराज पाण्डे दंग छन् ।

    images
    images
    images

    नातिले उत्कृष्ट नतिजा ल्याउँछ भन्ने लागेको थियो । चार जिपिए नै ल्याएछ भन्ने ढुक्क नभएको बताउने भन्छन् -" नातिको मेहनत गरे अनुसारको उत्कृष्ट नतिजा आएकोमा निकै खुसी छौं ।" पाण्डेले हर्षित हुँदै खुसी बाँडे । सोयमका बुबा कृष्ण प्रसाद पाण्डे र आमा हिराकुमारी पाठक छोराको नतिजाले प्रफुल्लीत छन् । यो नतिजा प्राप्त गर्नुमा निरन्तरको मेहनत र शिक्षकहरुको प्रेरणा रहेको सोयम बताउँछन् ।

    images
    images
    images

    पढाई कुनै विशेष समयमा कडा मेहनत गर्ने र कुनै समय वास्ता नै नगर्ने गर्नाले सोचे जस्तो नतिजा अनाउने उनको बुझाई छ । घर परिवारले सधै राम्रो वातावरण सिर्जना गरि दिएका कारण सदैव पढ्नका लागि उर्जा प्राप्त भएको उनले बताए । उनले आफु ईञ्जीनियर बनेर देशको सेवा गर्ने सपना देखेका छन् । नेपालमा नै पढ्ने बताउने उनी भन्छन् -"म उच्च शिक्षाका लागि विदेश जान्न, म नेपालमा नै पढ्छु र नेपालमै काम गर्छु । जे गर्छु नेपालमानै गर्छु ।" परिवारले सोयमले चाहेको बिषय अध्ययनका लागि सबै खाले सहयोग गर्न तम्तयार छन् । उनको नतिजाले घर परिवार मात्र होईन विद्यालय परिवारले पनि खुसी मनाईरहेको छ । प्राप्त नतिजाले सोयमले आफ्नो मात्र नभई विद्यालयको गरिमा पनि बढाएको विद्यालयका प्रबन्ध निर्देशक डिल बहादुर अधिकारी बताउँछन् ।

    images
    images
    images

    न्यू लाईफले विगतका बर्षहरुमा उत्कृष्ट नतिजा प्रस्तुत गर्दै आईरहेकोमा यस बर्ष पनि उत्कृष्ट नतिजा आयो । बिगतका बर्षहरु देखी नै उत्कृष्ट नतिजा निरन्तरता रुपमा दिनका लागि शिक्षक, विद्यार्थी र अभिभावकले गरेको कडा मेहनत नै मुख्य कारण रहेको उनको बुझाई छ । ६३ जना बिद्यार्थीहरुलाई एसइइमा सहभागी गराएकोमा सोयमले ४ जिपिएर सहित देशकै उत्कृष्ट नतिजा दिलाएको र पश्चिम नवलपरासीमा प्रथम देखी सातौं स्थान सम्म उत्कृष्ट न्यू लाईफ कै विद्यार्थीहरु भएको प्रिन्सिपल सन्तोष अधिकारीले बताए । उनका अनुसार -"७ जनाले ३ दशमलव ६५ जिपिए भन्दा माथी अर्थात ए प्लस, १३ जनाले ए, २३ जनाले बि प्लस र २० जनाले बि ग्रेड सहित शत प्रतिशत नतिजा विद्यालयले प्राप्त गरेको छ ।"

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।