परासी। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा नं १३ को प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु भएको छ। नगरको चालु आर्थिक वर्ष ०७९/०८० को नीति कार्यक्रम तथा बजेट अन्तर्गत वडाको प्रशासकीय भवन निर्माण गरिएको हो।
समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विमला अर्यालले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिएर अगाडि बढेको बताइन्। नगर भित्रका आन्तरिक श्रोतको पहिचान गरि नगरलाई आत्मनिर्भर गराउन बढ्ने प्रतिबद्धता व्यक्त गर्दै एक वडा एक उत्पादन गराउँदै व्यवसायी मुखी नगर बासी बनाउने उद्देश्य रहेको अर्यालले बताइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सञ्जाल सुनवल नगर अध्यक्ष सुर्य प्रसाद न्यौपाने, नेपाली कांग्रेस वडा सभापति सोभखर पाण्डे, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी लगायतले शुभकामना दिदै सेवा प्रवाहले जनतालाई सहज हुने विश्वास व्यक्त गरेको थिए।
नवनिर्मित भवन ७२ लाख १ हजार ३८ रुपैयाँ १७ पैसाको तागतमा निर्माण भएको हो। मासिक १५ हजार दरले भाडाको घरबाट सेवा दिदै आएको थियो।
कार्यक्रममा वडा-४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी,१२ का वडा अध्यक्ष चुरामणी पौडेल दिपक लगायत स्थानीयको उपस्थित रहेको थियो।वडा सदस्य हुँमा कुमारी बिकको स्वागत सँगै सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार विकास अधिकारीको रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology