बुटवल । लियो क्लब अफ बुटवल मेट्रोसिटिको तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमबीच क्लबका निवर्तमान अध्यक्ष मित्रजन भन्डारले नवनिर्वाचित अध्यक्ष सन्जिब सुनारलाइ पद हस्तान्तरण गरेका हुन् ।
लियो जिल्ला परिषद ३२५ पि नेपालका अध्यक्ष सरोज महत्तोको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा लायन्स जिल्ला परिषद ३२५ पि नेपालका एरिया चिफ बिनोद सुवेदी, क्लबका मुख्य सल्लाहकार उमेश अधिकारी र लियो जिल्ला परिषद ३२५ पि नेपालका उपाध्यक्ष श्रद्धा कुवरको विशिस्ट आतिथ्यता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology