काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर साम्सीभञ्ज्याङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको हेलिकोप्टर उक्त क्षेत्रमा भेटिएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा उद्दारका लागि अल्टिच्युड हेलिकोप्टरलाई पठाइएको छ ।
हेलिकोप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका थिए । उनीहरू माउन्टेन फ्लाइट गरेर फर्किंदै थिए ।
एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज, रिनकन इस्माइल र मारिया होजे सिफुन्तेस रहेका थिए । हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology