Logo

२०८३, कार्तिक २८गते


images
images

मनाङ एयर हेलिकप्टर दुर्घटना

गुराँसको रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना, पाँचवटा शव फेला

गुराँसको रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना, पाँचवटा शव फेला

images
  • सेतोमसी सहकर्मी
  • गुराँसको रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना, पाँचवटा शव फेला
    फाइल फोटो
    images

    काठमाडौँ । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।

    images
    images
    images

    आज बिहान सवा १० बजेदेखि सम्पर्कबिहीन भएको ९ एन एमभी कलसाइनको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-५ लाम्जुरा पास ईलाकाको चिहानडाँडा जंगलमा दुर्घटनाग्रस्त फेला परेको हो । लालीगुराँसको रुखमा ठोक्किएर दुर्घटना भएको हेलिकप्टर क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    अहिले घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको नेतृत्वमा उद्धार टोली  खटिएको छ । उद्धार टोलीले पाँचवटा शव निकालेको छ भने एउटा शव अझै फेला परेको छैन । क्षतविक्षत अवस्थामा शव भेटिएकाले मृतकको पहिचान हुन नसकेको बताइएको छ ।

    images
    images

    पाइलट सिबि गुरुङ्गले उडाएको हेलिकप्टरमा उनीसहित पाँचजना विदेशी यात्रु सवार थिए ।  उनीहरु पाँचैजना मेक्सिकन नागरिक हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।