Logo

२०८३, कार्तिक २८गते


images
images

स्थानीय तह

बर्दघाटमा ई रिक्सा र अटो चलाउन नपाइने

बर्दघाटमा ई रिक्सा र अटो चलाउन नपाइने

images
  • सेतोमसी सहकर्मी
  • बर्दघाटमा ई रिक्सा र अटो चलाउन नपाइने
    images

    बर्दघाट। इलाका प्रहरी कार्यालय अस्थायी ट्राफिक प्रहरी पोष्ट बर्दघाटले पूर्व पश्चिम राजमार्गको बर्दघाट बजार खण्डमा इ रिक्सा र तिनपाँग्रे अटो चलाउन रोक लगाएको छ ।

    images
    images
    images

    बर्दघाट त्रिवेणी चोकबाट चिसापानी चोकसम्म राजमार्गको करिव २ किलोमिटर बजार क्षेत्रमा इ रिक्सा चलाउन रोक लगाइएको ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरिक्षक कृष्ण पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    अहिले पूर्व पश्चिम राजमार्ग स्तरोन्नतीको क्रममा रहेको र दुर्घटनाको उच्च जोखिम समेत बढेको बताउँदै बजार क्षेत्रको राजमार्गमा इ रिक्सा चलाउन रोक लगाइएको पाण्डेको भनाइ छ । ”बर्दघाट बजार भित्र शाखा सडकबाट गन्तब्यमा पुग्न कठिन नभएकोले पनि चालकहरुलाई शाखा सडकबाट सवारी चलाएर गन्तब्यमा पुग्न भनेका छौँ ” पाण्डेले भने ।

    images
    images

    राजमार्गमा गुडेका इ रिक्सालाई नियन्त्रणमा लिइ चालकलाई सचेत गराइ छाडिने गरेको उनले बताए । विगत ४ वर्षदेखी बर्दघाट क्षेत्रमा इ रिक्सा चलाउँदै आएका खडक बहादुर चौधरीले दुर्घटना न्युनिकरणको लागि प्रहरीले चालेको कदम उचित भएपनि पूर्वसूचना नहुँदा गाह्रो परेको बताए ।

    असार २५ गतेबाट अभियान सुरु गरेको ट्राफिक प्रहरीले एक सातासम्म सचेत गराउने र तेसपछि पनि अटेरी गरेमा कारवाहि गर्ने ट्राफिक प्रहरी सहायक निरिक्षक बालकृष्ण पन्थले बताए । राजमार्गमा इ रिक्सा र तिनपाँग्रे सवारी नगुडदा ट्राफिक ब्यवस्थापनमा सहज हुने र दुर्घटना हुने सम्भावना पनि कम हुने पन्थले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।