गुल्मी । लिचि उत्पादनको उर्वर भूमिको रुपमा परिचित रुरुक्षेत्र गाउँपालिकाको च्यूरेक र थानपतिमा लिचि उत्पादक किसानले याे वर्ष लिचि बेचेर सकाएका छन्।
दुई गाउँमा गरी करिब ८० लाख बराबरको लिचि बिक्री भएकाे अनुमान गरिएकाे छ । विगतको तुलनामा याे वर्ष लिचि उत्पादन बढेको हो। असिना नपरेकाे र समयमै लिचीमा भिटामिन छरेका कारणले पनि लिचि उत्पादन बढि भएको किसान बताउछन् ।
असारको पहिलो हप्ताबाट बिक्री शुरु भएको थियो। याे वर्ष लिचि बेच्ने समय भरि पानी नपरेका कारणले लिचि नझरेका र भेट्नामा कीरा पानी नलागेकाले पनि लिचिमा गुणस्तर देखिएकाे रुरुक्षेत्र गाउँपालिका १ का दिनानाथ ज्ञवालीले बताए । 'सानै बुटामा पनि लछप्पै लिचि फल्याे एउटै सानैबुटामा करिब पाँच क्विन्टल फल्याे भने ठुला रुखहरुकाे त कुरै नगरम', रुरुक्षेत्र गाउँपालिका च्यूरेक उपल्लारका ओम ज्ञवालीले भने ।
गत वर्ष लिचिका रुखका हाँगा विँगा काटछाँट गरेपनि राम्रै फलेकाे करिब एकलाखकाे हाराहारीमा बिक्री भएकाे ज्ञवालीकाे भनाई छ ।
त्यसाे त च्यूरेकका लिचिका अभियन्ता पहरामुनि कृष्ण बिक, गाेपाल ज्ञवाली, युवराज ज्ञवाली, परमानन्द ज्ञवाली, लगायत दर्जनौं किसानहरुले लिचिबाट मनग्ये आम्दानी गरेका छन। रुरुको लिचि बुटवल, रिडी, पाल्पा, बलेटक्सार, तम्घास बजारमा पनि लिचि पुगेकाे छ ।
हुनत लिचि गाउँमा उत्पादन भएकाे लिचिकाे मूल्यमा याे वर्ष पनि एकरुपता हुन सकेन । किलाेकाे साठी देखि नब्बे सम्ममा किसानहरुले लिचि बिक्री गरे भने दान गनेर एक सयका एकसय दाना खरिद गर्न व्यापारीहरु बढि आकर्षित बने ।
एकसयमा एक सय दाना लिचि लैजाँदा व्यापारी लाई पचास रुपैयाँ किलाे पर्न जाने र एकसय दानाको खरिद मुल्य कटाएर प्रतिकिलो दुई सय नगद आम्दानी प्राप्त हने हुँदा दाना गनेर लैजाने तिर व्यापारी लागेकाे पाईयाे ।
गाउँमा साठी देखि नब्बे रुपैयाँ सम्म प्रतिकिलो लिचि रिडीबजारमा किलाेकाे एकसय पचास, तम्घासमा दुईसय र बुटवल पुऱ्याउँदा दुईसय पचास सम्म व्यापारीहरूले बिक्री गरेका छन् ।
अत्यन्तै छाेटाे समय रहने र पानी परेपछिबिग्रने, झर्ने, कुहिने, अरिँगालले सखाप पार्ने, पानी परेपछि भेटनामा किरा देखिने भएका कारणले पनि लिचि झ्याप्प टिप्ने र च्याप्प बेचेर किसान हरुले याे वर्ष लिचि बेचि सकेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology