महोत्तरी। बहु विवाह गरेको आरोपमा एकजना वडाध्यक्ष पक्राउ परेका छन्। महोत्तरीको भंगहा नगरपालिका-४ का वडाध्यक्ष ४२ वर्षीय गणेश महतो पक्राउ परेका छन्।
बहुविवाह आरोपमा उनलाई मंगलबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए।
प्रहरीका अनुसार जेठी श्रीमती ललितादेवी महतोले दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो। प्रहरीले वडाध्यक्ष महतोलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
जेठी श्रीमती ललितापक्षमा एक छोरा एक छोरी रहेपनि महतोले अर्को विवाह गरेपछि जेठी श्रीमतीले श्रीमान् विरुद्ध बहु विवाह सम्बन्धि जाहेरी दिएकी छिन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology