Logo

२०८३, आश्विन १०गते


images
images

स्थानीय तह

विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण गर्दै तिलोत्तमा

विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण गर्दै तिलोत्तमा

images
  • सेतोमसी सहकर्मी
  • विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण गर्दै तिलोत्तमा
    images
    images

    रुपन्देही । तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले २१ वटा सामुदायिक विद्यालयलाई ल्यापटप र प्राजेक्टर वितरण गरेको  हो ।

    images
    images
    images

    नगरप्रमुख खाँणका अनुसार २१ वटा विद्यालयलाई १/१ वटा प्रोजक्टर र ल्यापटप वितरण गरेको हो । उनले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो सामग्री वितरण गरेको जानकारी दिए ।

    images
    images
    images

    उनले आधुनिक प्रविधि अनुरुप सामुदायिक विद्यालयमा पठनपाठनमा सहज गराउनको लागि सो सामग्री वितरण गरेको जानकारी दिए । उनले  पालिकामा शिक्षालाई प्राथमिकतामा राखेर विकास निर्माणको कार्य गरेको बताए ।

    images
    images
    images

    पालिकाभित्र हाल ४० वटा संस्थागत र ४२ वटा सामुदायिक विद्यालयमा सञ्चालनमा छन् । नगरपालिकाले १० प्रतिशत निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।