Logo

२०८३, कार्तिक २८गते


images
images

श्रृङ्गा स्कुलको भवन निर्माणमा सहयोग गर्छु : प्रदेश अर्थमन्त्री मास्की

श्रृङ्गा स्कुलको भवन निर्माणमा सहयोग गर्छु : प्रदेश अर्थमन्त्री मास्की

images
  • श्रृङ्गा स्कुलको भवन निर्माणमा सहयोग गर्छु : प्रदेश अर्थमन्त्री मास्की
    images

    गुल्मी । लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले यसै बर्ष श्रृङ्गा जना माध्यमिक विद्यालयलाई ४ कोठे भवन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन ।

    images
    images
    images

    बुधबार  विद्यालयको अवलोकन गर्न आएका  मन्त्री मास्कीलाई, विद्यालयले स्वागत गरेको समारोहमा यस्तो प्रतिबद्धता ब्यक्त गरेक हुन । उनले सामुदायिक विद्यालयले ४ जीपीए अंक प्राप्त गर्नु उलेख्य उपलब्धी भएको बताउदै, ४ जीपीए प्राप्त गर्ने स्मृती कडेल, सफल सम्पुर्ण विद्यार्थी  र विद्यालयलाई शुभकामना दिए । received_653214643081310.jpeg

    images
    images
    images

    त्यसैगरी सोही कार्यक्रममा बोल्दै पूर्व सामाजिक बिकास मन्त्री एवं नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बलालले सामुदायिक बिद्यालयको उपलब्धी बृद्धीको लागि आफ्ना तर्फबाट हुनसक्ने पहल गर्ने बताए ।

    images
    images

    छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि गाउँपालिकाले पहल र लगानी गरिरहेको धारणा राख्दै यस कार्यमा प्रदेश सरकारको रचनात्मक सहयोगको अपेक्षा राखेको बताए ।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र कडेलले विद्यालयको भौतिक आवस्यकताको बारेमा अवगत गराउदै विद्यालयको भौतिक बिकासको लागि प्रदेश सरकार बाट सहयोगको माग गरे ।

    कार्यक्रममा प्रधानाध्यापक  विकास चन्द्र खरेलले स्वागत गर्दै बिद्यालयको भौतिक र शैक्षिक प्रतिबेदन राखे । कार्यक्रम शिक्षक रमेश पन्थले संचालन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।