Logo

२०८३, कार्तिक २८गते


images
images

राजनीति

एमालेको पछि छैनौँ : रवि लामिछाने

एमालेको पछि छैनौँ : रवि लामिछाने

images
  • सेतोमसी सहकर्मी
  • एमालेको पछि छैनौँ : रवि लामिछाने
    फाइल फोटो
    images

    काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू कुनै पार्टीको पनि पछि नलागेको बताएका छन्।

    images
    images
    images

    संसदीय पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै लामिछानेले आफूहरूले स्वतन्त्र रूपले निर्णय गरिरहेको बताए।

    images
    images
    images

    आफूहरू पुस १० को सहमतिमा सकुन्जेलसम्म टिकेको भन्दै लामिछानेले सहमति नै टुटेपछि सरकारमा बसिरहनु आवश्यकता नभएको बताए। राष्ट्रपति चुनावमा रामचन्द्र पौडेललाई सघाउने निर्णय गर्दा सत्तामै जान लाग्यो भनेर टिप्पणी गरिएको र अहिले प्रतिपक्षमा रहँदा एमालेको पछि लागेको आरोप लगाउने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

    images
    images

    ‘अहिले प्रतिपक्षमा एमाले हामीभन्दा ठूलो दल भएको हुनाले एमालेको पछि लाग्यो भन्ने ट्याग निर्माण गर्न खोजिएको छ। हामी एमालेको पछि लाग्ने होइन।’ उनले भने‚‘हामी त जनताको मुद्दाको पछि लाग्ने हो‚ न हिजो हामी काँग्रेसको पछि थियौँ। न माओवादीको पछि हौँ। न एमालेको पछि हौँ। प्रतिपक्षी बेञ्चमा एमाले सँगै छौँ। जनताका जीविकाका साझा मुद्दा पनि होला। अलग मुद्दा पनि हुन्छन्।’

    आफूहरू स्थायित्वको पक्षमा रहेको भन्दै लामिछानेले समीकरण फेरबदलको रेसमा नभएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।