राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं २ मा रहेको सेभेनस्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
एसईई परीक्षा २०७९ उत्तीर्ण गरेका विद्यार्थीहरुलाइ विद्यालयले बधाई तथा सम्मान गरेको हो ।
४८ जना विद्यार्थीले सो विद्यालयका विद्यार्थीले एसईई दिएकोमा सतप्रतिश्त नतिजा सहित विद्यार्थीहरुले एसईई उत्तीर्ण गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम चापागाईंले सबै विद्यार्थीलाइ बधाई व्यक्त गर्दै आगामी शैक्षिक यात्रा आफ्नो रुचि अनुसार चयन गर्न सुझाव दिएका थिए। उनले सेभेनस्टारले दिएको शिक्षालाइ जीवनभर उपयोग गर्न विद्यार्थीलाई आग्रह गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्यमा विद्यालयका शिक्षक प्रकाश अधिकारीले विद्यार्थीलाई आफ्नो उच्च अध्यनका लागि प्रेरित गर्दै सफल शैक्षिक यात्रा तय गर्ने उपायहरु बताउँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए।
सेभेनस्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलबाट ३.७५ जिपिए सहित सुजल श्रेष्ठ विद्यालय प्रथम तथा ५ जनाले ३.६ भन्दा माथी ल्याएका छन भने विद्यालयको एसईई नतिजा सतप्रतिशत आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology