Logo

२०८३, आश्विन १२गते


images
images

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

images
  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै
    images
    images

    काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउने भएका छन् । नेपालस्थित अमेरिकी दूतावासले सहायक विदेशमन्त्री डोनाल्ड आज नेपाल भ्रमणमा आउने जानकारी दिएको हो ।

    images
    images
    images


    नेपाल भ्रमणका क्रममा मन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाइएको छ ।  

    images
    images
    images

    डोनाल्ड केही दिनदेखि भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा निस्केका थिए । सोही क्रममा उनी नेपाल आउन लागेको बताइएको छ । नेपालका लागि उनको यो तेस्रो भ्रमण हो । यसअघि उनी २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए ।

    images
    images
    images

    संसदमा एसपीपीको विवाद चलिरहेको बेला उनले नेपाल भ्रमण गरेका थिए । त्यसबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री नारायण खड्कालगायतका अधिकारीलाई भेटेका थिए । पहिलोपटक उनी २०७८ मंसिरमा नेपाल आएका थिए ।

    त्यसबेला एमसीसी विवाद संसदमा चलिरहेको थियो । नेपालमा एसपीपी विवाद भो अझै समाधान भएको छैन । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।