काठमाडौं । दक्षिण तथा मध्य एसियाको जिम्मेवारी पाएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् ।
सहायक विदेशमन्त्री लु शुक्रबार बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री लुले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसहित नागरिक समाज तथा व्यवसायिक क्षेत्रका विभिन्न व्यक्तिसँग पनि भेटवार्ता गर्नेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology