Logo

२०८३, श्रावण २७गते


images
images

रोकिएन बसाईंसराई

गाउँपालिकाको नीति तथा कार्यक्रम आयो, आएन गाउँ फर्काउने नीति 

गाउँपालिकाको नीति तथा कार्यक्रम आयो, आएन गाउँ फर्काउने नीति 

images
  • सेतोमसी सहकर्मी
  • गाउँपालिकाको नीति तथा कार्यक्रम आयो, आएन गाउँ फर्काउने नीति 
    फोटो : कृष्ण अंजान / सेतोमसी
    images
    images

    कृष्ण अन्जान, गुल्मी । खाेला खेत हुन या टारी खेत याे वर्ष पनि बाँझै छन । रुरुक्षेत्र गाउँपालिकाकाे तालखाेला, जौखाेला, खुत्का खाेलाका, खेले खेत र सँगैका बाँसटारी, रामपुर, घुमाउरे, बर्सौँटा लगायतका क्षेत्रका टारी खेत बाँझै छन।  यी खेतहरुमा जाने कुला पनि विस्तरिएका छन । पानी परेसँगै याे वर्ष पनि तालखाेला र जौखाेलाे सुसायाे तर राेपाईँका लागि बाँधबाट कुलातिर खाेलाकाे पानी माेडेर लैजाने काेहि भएन । 

    images
    images
    images

    याे क्षेत्रमा हजारौं राेपनि खेतहरु बाँझै छन र झार उम्रिएका छन । जौखाेला र तालखाेलाकाे दाेसाँधमा रुरुक्षेत्र ३ का युवा निरन्जन ज्ञवालीले यसाे दुईचार राेपनिमा राेपाईँ गरेका छन र राेपाईँकाे रहर उनिकहाँ गए मेटिन्छ नभए बाँझाखेत मात्र देखिन्छ । 

    images
    images
    images

    बसाइँसराइ यसरी भएकाे छ कि अब गाउँ करिब जँगलमा परिणत भएकाे छ । रुरुक्षेत्र गाउँपालिकाकाे च्यूरेकमा ७० प्रतिशत बासिन्दा बसाई सरेका छन र केहिले खुट्टा उचालेर बसेका छन ।

    images
    images
    images

    "के गर्ने ओैषधिमुलाेका लागि पनि बुटवल नबसी भएन।  केटाकेटी उतै बस्छन।  आफुपनि उतै बस्ने बाध्यता छ।" रुरुक्षेत्र १ च्यूरेकका लक्ष्मण ज्ञवालीले भने।

    च्यूरेककाे नेटाई पाेखरी, ठुलापाेखरा, बिसौना लगायतका क्षेत्रमा कताकति घरमा मात्र मान्छेहरु भेटिन्छन ।

    त्यसाे त ठाडाबाटा, जिमिरखर्क, स्यालपाेखरी क्षेत्रमा भने स्थानीयकाे वसाेवास भेटिन्छ तर ती क्षेत्रबाट पनि बसाइँसराइका लागि समय पर्खिरहेकाहरु धेरै छन।

    रुरुक्षेत्र गाउँपालिका १ भट्कुवा, ३ थानपति, २ ग्वादि, ४ बलेटक्सा।, ५ बम्घा र ६ रिमुवा जतापनि बसाइँसराइकाे समस्या त्यस्तै छ ।

    बटौलीतिर याे क्षेत्रका सबैलाई छ्यापछ्याप्ति भेट्न सकिन्छ तर गाउँमा भने काेहि भेटिँदैन ।

    विकासका कुरा गर्ने हाे भने गाउँमा विकासकाे मुलै फुटेकाे छ । रित्ता घरमा पनि एकघर एक धारा जडान गरिएको छ।  घरघरमा बिजुली पुगेको छ । सडक सन्जालका कुरा गर्ने हाे भने सबैका आगँनसम्म कच्ची भएपनि सडक पुगेका छन। पुर्वाधारकाे कमि छैन तर घरका बलेनी र आँगनमा झार उम्रेका छन र लेउ लागेकाे छ । घर जिर्ण छन, चर्केका छन । बारीतिर हेर्याे झार उम्रेकाे छ । यहि हाे गाउँकाे अवस्था ।

    स्थानीय तहका नीति र कार्यक्रम हरेक वर्ष आएकै छन तर बसाइँसराइ राेक्ने नीति न बन्छ, न गाउँबाट जानेलाई गाउँमै फर्काउने नीति आउँछ । 
    गाउँकाे विकासकाे प्रतिफल त गाउँमा बासिन्दा भए न उपभाेग गर्ने हाे, जब गाउँ नै रित्ता हुँदै गएपछि विकास कस्का लागि ? याे एउट प्रश्न उब्जिएको छ ।

    स्थानीय तहकाे पहिलो प्राथमिकता बसाइँसराइ राेक्न र जानेलाई गाउँ फर्काउने नीति ल्याउनु पर्ने कुरामा लाग्नु पर्ने तडकाराे रुपमा देखिएकाे छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बसाईंसराई
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।