नवलपरासी । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले मिटरब्याजी पीडितहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई राखेर सहमतिका लागि छलफलका लागि बोलाउँदा पीडितहरू उपस्थित नभएपछि कार्यालयले उपस्थितिका लागि सूचना नै जारी गरेको हो ।
पछिल्लो समय निवेदन दिएकाहरूमा ३० जना मात्र छलफलका लागि आएको कार्यालयले जनाएको छ ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई जेठ ११ गते पत्राचार गर्दै मिटरब्याज सम्बन्धी समस्या समाधानका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सहयोगी कार्यदल गठन गरेर जिल्लामा छलफल गराउन आदेश दिएको थियो।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology