Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

देवदह माविलाई भारतीय राजदूतावासको बस 

देवदह माविलाई भारतीय राजदूतावासको बस 

images
  • सेतोमसी सहकर्मी
  • देवदह माविलाई भारतीय राजदूतावासको बस 
    images
    images

    काठमाडौँ। भारतीय राजदूतावास काठमाडौँले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप दिएको छ।

    images
    images
    images

    रूपन्देहीका एक सामुदायिक विद्यालय र दुई क्याम्पसले उपहार स्वरूप बस पाएका छन्। देवदहको देवदह माध्यमिक विद्यालय, बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस र सैनामैनाको पर्रोहा बहुमुखी क्याम्पस क्याम्पसले बस पाएका हुन् । विद्यालयलले संसाद छविलाल विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  सुरज खरेलको पहलमा भारतीय दुतावासको पूर्ण सहयोगमा विद्यालयका लागि बस प्राप्त गरेको जनाएको छ  ।

    images
    images
    images

    नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको उपस्थितिमा आइतबार ती एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे।  विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवी आदिको समारोहमा उपस्थिति थियो।

    images
    images
    images

    नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।