गुल्मी । गुल्मीको धार्मिक तथा ऐतिहासिक तपोभुमी लेख गुफा श्रृङ्गेश्वर धाम र रेसुङ्गामा आज अर्थात साउन १ देखि साउने मेला सुरु भएको छ।
साउन महिनाभर लेख गुफा श्रृङ्गेश्वर धाम र रेसुङ्गामा रहेको महापोखरीमा स्नान तथा देवालयहरुमा पुजाँ आजा गर्नाले सम्पुर्ण पापहरु नष्ट हुने र पुन्य प्राप्त हुने जनविश्वास रहदै आएको छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि लेख गुफा श्रृङ्गेश्वर धाम र रेसुङ्गा संरक्षण समितिले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरेको छ भने यस वर्ष रेसुङ्गामा बलि पुजा नहुने भएको छ ।
श्रावण महिनामा मलमास, दुई औंशी र पाँच सोमबार परेको हुनाले यो महिनाको आफैमा अत्यन्त ठुलो धार्मिक महत्व रहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology