Logo

२०८३, आश्विन १०गते


images
images

अर्थ समाचार

नयाँ आर्थिक वर्ष सुरु, कार्यान्वयनमा आउँदै यी कर

नयाँ आर्थिक वर्ष सुरु, कार्यान्वयनमा आउँदै यी कर

images
  • सेतोमसी सहकर्मी
  • नयाँ आर्थिक वर्ष सुरु, कार्यान्वयनमा आउँदै यी कर
    images
    images

    काठमाडौं। आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ।

    images
    images
    images

    नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ।

    images
    images
    images

    चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड र  वित्तीयतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपियाँ खर्च हुने सरकारको अनुमान छ ।

    images
    images
    images

    खर्च बेहोर्ने स्रोतमध्ये १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्वबाट, दुई खर्ब ४० अर्ब आन्तरिक ऋणबाट, दुई खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋणबाट र ४९ अर्ब ९४ करोड रुपियाँ अनुदानबाट प्राप्त हुने अनुमान सरकारको छ ।

    सरकारले बजेटसँगै खर्चको स्रोत बेहोर्न नयाँ करका दरसमेत सार्वजनिक गर्छ । आर्थिक ऐनमार्फत सरकारले नयाँ करका दर लागु गर्छ । भन्सारसम्बद्ध कतिपय करका दर बजेट घोषणा भएकै दिन लागु हुन्छन् भने कतिपय करका दर आर्थिक वर्ष सुरु भएको दिनदेखि कार्यान्वयनमा आउँछन् ।

    चालु आवदेखि सरकारले पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, १० लाख रुपियाँभन्दा बढी मूल्यका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा दुई प्रतिशतका दरले विलासिता शुल्क लागु गरेको छ । त्यस्तै विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क पनि चालु आवदेखि लागु हुँदै छ । त्यस्तै आजदेखि लागु हुने गरी हवाई टिकटमा मूल्य अभिवृद्धि कर पनि लागु हुँदै छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।