नवलपरासी । विभिन्न जिल्लामा देखिएको सिकलसेल एनिमिया अहिले पछिल्लो समय पश्चिम नवलपरासीमा समेत देखिएको छ । मुलत एक पुस्ता बाट अर्को पुस्तामा बशाणुगत रुपमा देखिने यो रोग तराईका विभिन्न जिल्लामा देखिन थालेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका स्थानियतह हरुमा गरेको परिक्षणमा सिकलसेल र थालासेमियाका वाहक ९३ जना बिमारी फेला परेका हुन।
सिकलसेल तथा थालासेमियाको अवस्था पहिचानक स्क्रिनिङ्ग शिविर मार्फत रगत ८६५ जनाको नमूना सङ्कलन गरी परीक्षण गर्दा ९३ जना सिकलसेल र थालासेमियाका बाहक फेला परेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
स्वास्थ्य कार्यालयले गत आर्थिक वर्ष एक हजार १८८ जनाको रगत सङ्कलन गरी नमूना परीक्षण गरेको थियो। त्यसमध्ये ३२३ जनाको नतिजा प्राप्त हुन बाँकी छ। हालसम्म नतिजा प्राप्त भएका ८६५ मध्ये सिकलसेलका ३३ र थालासेमियाका ६० जना बाहक फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology