काठमाडौँ। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ ।
स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले आजदेखि नै लागु हुनेगरि भाडा घटाएकाे हाे।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।
त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।
घटाएको भाडा दर आजदेखि नै लागु हुने बताइएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology