परासी। प्रहरीले पश्चिम नवलपरासीको रामग्राम बाइपासबाट अवैध रूपमा भन्सार छली ल्याएको ९० बोरा चुरेल मिठाई सामान सहित एक जनालाई पक्राउ गरेको छ ।
रामग्राम बाइपासमा प्रहरीले चेक जाचका क्रममा भन्सार छली चोरी पठारी तरिकाले ल्याउदै गरेको लु १ ख ६९०२ नम्बर ट्रकमा ९२ बोरा १ लाख ७६ हजार ६४ मुल्य बराबरको मिठाइ सहित ट्रक चालक पक्राउ परेका हुन। पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिकाका का ४० बर्षिय मोहम्मद ठानी पठान रहेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए।
ट्रक‚ सामान र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology