Logo

२०८३, आश्विन १०गते


images
images

सेतोमसी समाचार प्रभाव

खारेजीबाट जोगीए नवलपरासीका चार क्याम्पस

खारेजीबाट जोगीए नवलपरासीका चार क्याम्पस

images
  • खारेजीबाट जोगीए नवलपरासीका चार क्याम्पस
    images
    images

    परासी । पश्चिम नवलपरासीका चार क्याम्पसले त्रिभुवन विश्वविद्यालयलाई नवीकरण वापतको रकम बुझाएका छन। न्यु लाइफ क्याम्पस बर्दघाट, सोमनाथ क्याम्पस परासी, रामग्राम क्यापस र आस्नैया क्याम्पस सुनवलले विश्वविद्यालयलाइ नवीकरण वापतको रकम बुझाएका हुन् ।

    images
    images
    images

    सेतोमसीले नवलपरासी पश्चिमका ४ क्याम्पस खारेजीको सूचिमा रहेको सम्बन्धि समाचार प्रकाशन गरेको थियो।  तिन क्याम्पसले शुक्रबार र एक क्यामसले आइतबार नवीकरण वापतको शुल्क बुझाएका हुन् ।

    images
    images
    images

    त्रिभुवन विश्वविद्यालयबाट समयमा नवीकरण नगरेका क्याम्पसहरूलाई निरन्तर नवीकरणका लागि सूचित गर्दापनि नियमानुसार नवीकरण नगरेको भन्दै नवलपरासी पश्चिमका ४ सहित देशरका १७५ क्याम्पसहरूलाइ खारेजी प्रक्रियाको सुचीमा राखेको थियो ।

    images
    images
    images

    त्रिविले २०७९ पुस र चैतमा क्याम्पस नवीकरण गर्न सूचित गरेको थियो। गोरखापत्रमा प्रकाशित सूचनामा नवीकरण नगरे सम्बन्धन खारेज किन नगर्ने भनेर सोधिएको छ। तीन पटक सूचना जारी गर्दा पनि नवीकरणमा नआउने क्याम्पसलाई त्रिवि नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने त्रिवि योजना निर्देशनालयले जनाएको छ।नवीकरण गरेका क्याम्पसलाई आधिकारिक निस्सा प्रमाण सहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न त्रिवि आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।