कृष्ण अन्जान, गुल्मी । समृद्ध र आत्म निर्भर रुरुक्षेत्रकाे अभियानलाई सार्थकता दिन लागि परेका रुरुक्षेत्र गाउँपालिकाका अग्रणी किसान हरु सम्मानित भएका छन ।
मुख्य रुपले पशुपालन ,दुधजन्य उत्पादन ,कुखुरापालन ,बाख्रापालन ,मौरपालन ,फलफुल खेति ,माछापालन उँखुखेति र गुँड उत्पादन ,तरकारी खेती क्षेत्रमा अनवरत लागेका किसानहरुलाई रुरुक्षेत्र गाउँपालिकाले नगद दाेसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएकाे हाे ।
यसरी सम्मान हुनेहरुमा बाख्रापालनमा रुरुक्षेत्र १ भट्कुवाका व्यवसायिक किसान राजेन्द्र थापा छन भने वडा न १ च्यूरेकका टेक बहादुर कामी कृष्णलाई लिचि खेतिका लागि सम्मान गरिएकाे छ ।
यसैगरी वडा न २ का चिरन्जिवि अर्याल कुखुरा पालन र अण्डा उत्पादनमा पुरस्कृत भएका छन भने उँखु र गुँड उत्पादनमा राष्ट्रिय ब्रान्ड बनेका रुरुक्षेत्र ३ का चाेलानाथ ज्ञवालीलाई सम्मान गरिएकाे छ ।
तरकारी खेतीमा वडा न ४ का कुलचन्द्र ज्ञवाली सम्मानित भए भने दूध उत्पादनमा वडा न ५ का बाबुराम श्रेष्ठलाई सम्मानित गरिएकाे छ ।
किसानका विधाहरुलाई प्राथमिकता मा राखेर वडा न ५ का कृष्णप्रसाद ज्ञवालीलाई माछापालन ,वडा न ४ का युवराज ज्ञवालीलाई सुन्तला खेती ,सम्मानित हुने किसानहरुमा उत्कृष्ट तरकारी किसान तर्फ वडा नं ४ का कुलचन्द्र ज्ञवाली, दूध तर्फ वडा न ६ का वडा नं ५ का बाबुराम श्रेष्ठ, बाख्रा तर्फ वडा नं १ का राजेन्द्र टेक बहादुर पचभैयालाई मौरीपालनका लागि सम्मान गरिएकाे हाे ।
थापा, सुन्तला तर्फ वडा नं ४ का युवराज ज्ञवाली,मौरी तर्फ वडा नं ६ का टेक बहादुर पचभैया रहनुभएको छ ।यसैगरी बँगुरपालनमा वडा न २ कि सिर्जना सार्की सम्मानित भएकि छन ।
किसान हरुलाई रुरुक्षेत्र गाउँपालिकका अध्यक्ष यदु ज्ञवालीले सम्मान गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology