Logo

२०८३, कार्तिक २८गते


images
images

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक

कांग्रेस बैठक लाइभ गर्न सभापति देउवाको प्रस्ताव

कांग्रेस बैठक लाइभ गर्न सभापति देउवाको प्रस्ताव

images
  • सेतोमसी सहकर्मी
  • कांग्रेस बैठक लाइभ गर्न सभापति देउवाको प्रस्ताव
    images

    काठमाडौँ। नेपाली कांग्रेसले भोलि मंगलबारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठकको एजेण्डा तय गरेको छ ।

    images
    images
    images

    धुम्बाराहीस्थित पार्टी सभाति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको पदाधिकारी बैठकले विभिन्न १० वटा एजेण्डा तय गरेको जनाएको छ ।

    images
    images
    images

    एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकको लाइभ प्रशारण गर्न सभापति देउवाले प्रस्ताव गरेका छन् । देउवाले नेताहरुले बोलेको तथ्य भन्दा बेग्लैरुपमा मिडियामा समाचार आएको भन्दै बैठक नै लाइभ गर्न प्रस्ताव गरेका हुन् । उनले पार्टीको आधिकारिक फेसबुक पेज, अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेपनि सो विषयमा सबैको एउटै धारणा नआएको पूर्व महामन्त्री शशांक कोइरालाले जानकारी दिए ।

    images
    images

    त्यस्तै पदाधिकारी बैठकले नीति अधिवेशनको मिति तय गर्ने र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नेजस्ता विषयलाई केन्द्रीय समितिको एजेण्डा बनाएको छ । पार्टीका विभाग थप गर्ने, संसदमा कांग्रेसको भूमिका, सरकारका कामकारबाही लगायतका एजेण्डा केन्द्रीय समिती लैजाने बताइएको छ ।

    मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाइएको छ । लामो समयपछि बस्न लागेको बैठकलाई चासोपूर्वक हेरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।