Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

सिद्धबाबाको आर्थिक कारोबार डिजिटल प्रणालीबाट

सिद्धबाबाको आर्थिक कारोबार डिजिटल प्रणालीबाट

images
  • सेतोमसी सहकर्मी
  • सिद्धबाबाको आर्थिक कारोबार डिजिटल प्रणालीबाट
    images
    images

    रुपन्देही । विभिन्न मन्दिरको आम्दानीको विषयमा प्रश्च चिन्ह उठिरहेको बेला पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धबाबा मन्दिर विकास समितिले अब सबै आर्थिक कारोबार डिजिटल प्रणालीबाट गर्न सुरु गरेको छ।

    images
    images
    images

    नयाँ आर्थिक वर्ष सुरु भएसँगै मन्दिरले सोमबारदेखि सबै कारोबार डिजिटल प्रणालीबाट गर्न सुरु गरेको हो ।

    images
    images
    images

    केही दिनअघि बुटवल–३ मा रहेको सिद्धबाबा धाममा आर्थिक हिनामिना भएको घटना सार्वजनिक भएसँगै पाल्पाको सिद्धबाबा मन्दिरले आर्थिक कारोबार डिजिटल माध्यमबाट गर्न सुरु गरेको हो ।

    images
    images
    images

    सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले मन्दिर हुने १५ वटा विभिन्न शीर्षकको कारोबार अव डिजिटल माध्यमबाट गरिने बताए ।

    सुरुवातको समयमा एउटा कम्प्युटरबाट यो सेवा दिन थालेको भन्दै अध्यक्ष शेरचनले केही महिनामै दुई वटा कम्प्युटरबाट डिजिटल भुक्तानी रसिद भक्तजनलाई दिने बताए ।

    १ लाख ५० हजार खर्च गरेर डिजिटल भुक्तानी सुरु गरेको भन्दै उनले मन्दिरमा बढी भिडभाड हुने समयमा भक्तजनलाई केही असहजता हुने भए पनि समग्र आर्थिक पारदर्शीताका लागि यो काम अगाडि बढाइएको बताए ।

    ‘हामीले परेवा, सवारी, विवाह, व्रतबन्ध, ग्रहशान्ति, सहयोग, सटर भाडा, बिजुली, रुद्री, लघु रुद्री लगायतका विभिन्न शीर्षकमा लाग्ने रकम डिजिटल भुक्तानीमार्फत लिन्छौँ ।’ उनले भने ।

    मन्दिरका पूर्व अध्यक्ष दलबहादुर गुरुङले मन्दिरका आम्दानी खर्चका विषयमा सधैँ सचेत र पारदर्शितामा ध्यान दिनुपर्ने बताए । सिद्धबाबा मन्दिर यो क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।