कृष्ण अन्जान, पोखरा । साउने सक्रान्तिसँगै नेपालीहरुका चाडपर्वहरु एकपछि अर्को गरि आउन थाल्छन । नागपन्चमी, जनैपूणिर्मा, श्रीकृष्ण जन्माष्टमी, तीज, सोह्र श्राद्द, दशैँ, तिहार यावत पर्वहरु आउने क्रम शुरु हुन्छ ।
तर यो वर्ष साउन २ गतेबाट मलमास परेका कारण पर्वहरु करिब एक महिना पछाडि धकेलिएको ज्योतिषविदहरु बताउँछन ।
नेपालीहरुले मनाउने पर्वहरुले आफ्नै मुल्य र मान्यता राख्छ। नाग पन्चमीमा नागको पुजापाठ गर्ने, नाग टाँस्ने काम हुन्छ। पहिले नाग लेखेर टाँस्ने चलन थियो। यसैगरी जनै पुर्णिामामा बाटेका जनै पुज्ने र पुजेपछि जनै फेर्ने सँगै डोरो बाँध्ने चलन छ । पहिले जनैपनि घरमै बाटेर फेरिन्थ्यो भने आजभोलि बजारमा रेडिमेड जनै किन्न पाईन्छ ।
पछिल्लो युग नै रेडिमेड हुँदै गर्दा विश्व हिन्दु महासँघ राष्ट्रिय समितीले कास्की जिल्लाको पोखरामा यो पटक जनै अर्थात (यज्ञोवदित) बाट्ने तालिम सन्चालन गर्ने भएको छ ।
स्थानीय केदारेश्वर महादेवमणि वैदामको सहयोगमा यो तालिम निशुल्क सन्चालन हुने विश्व हिन्दु महासँघका अभियन्ता शँकर खरालले जानकारी दिए ।
यही साउन ३ देखि ७ गतेसम्म बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म यो तालिम निशुल्क रुपमा केदारेश्वर महादेवमणि बोलबमधाम वैदाममा सन्चालन हुनेछ ।
मुख्यतः आफुले लगाउने जनै आफै निर्माण गरौँ भन्ने अभिप्रायबाट यो तालिम आयोजना गरिएको विश्व हिन्दु महासँघले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology