Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

सुन बरामद प्रकरणमा ६ जना पक्राउ

सुन बरामद प्रकरणमा ६ जना पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • सुन बरामद प्रकरणमा ६ जना पक्राउ
    images
    images

    काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पार भएर बाहिर आईसकेको अवस्थामा नियन्त्रणमा लिएको सुन प्रकरणमा ६ जनालाई पक्राउ गरेको छ।

    images
    images
    images

    पक्राउ पर्नेहरुमा रेडी ट्रेडका सञ्चालक भनिएका दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेण्ट राजेन्द्र राइ, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक र अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् ।

    images
    images
    images

    तर, सुनको वास्तविका साहु भने दीपक मल्होत्रा भएको अनुसन्धानमा संलग्न राजश्व अनुसन्धानका कर्मचारीहरुले बताएका छन् ।

    images
    images
    images

    चार दिन अघि हङकङबाट क्याथेप्यासिफिकको विमान मार्फत काठमाडौं आईपुगेको सुन राजश्व अनुसन्धान विभागको टोलीले बुधबार साँझ बरामद गरेको हो । स्कुटर पार्टस् र दाह्री काट्ने रेजर भनेर ल्याइएको सुनको यकिन मात्रा भने अझै निक्र्यौल भइसकेको छैन ।

    काठमाडौंको रेडी ट्रेड प्रालि नाममा उक्त सामान आए पनि सुन ल्याउने तस्कर को हो भन्ने घाेषणा राजश्व अनुसन्धानका कर्मचारीहरुले गरेका छैनन् ।

    १ सय ६० वटा प्याकमा ल्याइएको सुनको मूल्य एक अर्ब रुपैयाँ भन्दा बढी हुने अनुमान छ । बरामद भएको सुन नेपालमा अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो परिमाण हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।