पाल्पा। पाल्पाको रैनादेवी छहराको सोमादी सर्देवास्थित सिजी सिमेन्ट कम्पनीभित्र वारपार गर्न बनाइएको चेन चुँडिँदा १३ मजदुर घाइते भएका छन्। घाइते हुनेमा रैनदेवी छहरा ३ का पदम सोमै, सोही स्थानका चिन्ताबहादुर डंगोल र सुमन नेपाली, सुनवलका लीलबहादुर गुरुङ, कपिलवस्तुका महेश बराम, कमल पासी, उमेश पासी, रुपन्देही देवदहका यमबहादुर विक, सोहनलाल जैसी र अक्सर मिसर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते सबैको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक भूपेन्द्र थापाले बताए । अधिकांश उपचारपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ । चेन १३ फिट माथिबाट खसेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology