Logo

२०८३, कार्तिक २८गते


images
images

पार्टीको हस्तक्षेपले प्रेस युनियन चल्दैन : अध्यक्ष लम्साल

पार्टीको हस्तक्षेपले प्रेस युनियन चल्दैन : अध्यक्ष लम्साल

images
  • सेतोमसी सहकर्मी
  • पार्टीको  हस्तक्षेपले प्रेस युनियन चल्दैन : अध्यक्ष लम्साल
    images

    अनिष पन्थी, गुल्मी । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियन पार्टीको हस्तक्षेपले नचल्ने बताएका छन्।

    images
    images
    images

    नेपाल प्रेस युनियन गुल्मीको नबौँ जिल्ला अधिवेशन एवं १७ औं साधारण सभामा सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा गुल्मी आएका अध्यक्ष लम्सालले पार्टीको शुभेच्छुक संस्था  भएपनि पार्टीप्रती सम्मान गर्दै हस्तक्षेप नचल्ने बताएका हुन ।

    images
    images
    images

    नेपाल प्रेस युनियन गुल्मीको सदस्य सङ्ख्या र  उपस्थितले आफूमा थप उर्जा मिलेको अध्यक्ष लम्सालले बताए। नेपाल प्रेस युनियनको स्थापना गर्ने नेतृत्व गण आज हामी माझ नभए पनि सम्झना सँधै रहेको बताए। प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था  भएपनि यसको स्थापना पार्टी कार्यालयमा नभएर बाहिर भएको बताउँदै पाटीको गलत कदम विरुद्ध कलम समेत चलाउन नछोडने बताएका छन् । 

    images
    images

    पत्रकार महासङ्घको सुदृढीकरण अभियानमा साथ दिएर अगाडि बढेको बताउँदै अभियानको सुरुवात गर्ने पत्रकार महासङ्घ गुल्मी शाखालाइ धन्यवाद समेत दिए। अध्यक्ष लम्सालले भने " युनियन थप बलियो बन्दै गएको छ  अब  युनियनको सदस्य बनाउन र बढाउन पाटीलाई आग्रह नगरी विशुद्ध लेख्ने पत्रकारको संस्था  युनियन बनाउने हो यसको निम्ति मेरो कार्यकाल विशेष रहनेछ"। प्रेस युनियन बलियो भए पत्रकार महासङ्घ पनि बलियो हुने बताउँदै महासंघ पनि  युनियनमा जोडिन आउने बताए ।

    युनियनको कार्यक्रममा विभिन्न शीर्षकमा ५ जना पत्रकारलाई सम्मान गरिएको छ। जसमा भुवन भुषाल, सुमन महतारा, सुरज कार्की, दिपा पन्थ ,पुरन राजकोटिलाइ सम्मान गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।