Logo

२०८३, श्रावण २७गते


images
images

कास्की कारागारमा क्षमताभन्दा झन्डै दुई गुणा बढी कैदीबन्दी

कास्की कारागारमा क्षमताभन्दा झन्डै दुई गुणा बढी कैदीबन्दी

images
  • कास्की कारागारमा क्षमताभन्दा झन्डै दुई गुणा बढी कैदीबन्दी
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको कास्की कारागारको कैदीबन्दी राख्ने क्षमता अधिकतम ४२० जना हो । जसमा २० महिला र ४०० पुरुष बन्दी अटाउछन । तर कारागार प्रशासक राजेन्द्र शर्माका अनुसार अहिले यहाँ ७४३ जना थुनुवा तथा कैदीबन्दी रहेका छन्

    images
    images
    images

    २० जना राख्न मिल्ने क्षमता रहेकोमा ४५ जना कैदीबन्दी छन् । त्यसमध्य थुनुवा महिला २९ जना र कैदी महिला १६ जना रहेको प्रशासक शर्माले जानकारी दिए । पुरुष कैदीबन्दी ‘क’ ब्लकमा १५० जनाको क्षमता रहेकोमा ३३४ जना छन् । ‘ख’ ब्लकमा २५० जनाको क्षमता रहेकोमा २६२ जना छन् । जम्मा ६९६ जना कैदीबन्दी मध्य थुनुवा १८९ जना र कैदी ५९८ जना छन् । २ जना आश्रित नाबालक छन् ।

    images
    images
    images

    वर्षादको समयमा धमिलो पानीले नुहाउन बाध्य

    कारागारमा रहेका थुनुवा र कैदीबन्दी वर्षादको समयमा धमिलो पानीले नै नुहाउन र कपडा धुन बाध्य छन् । हिउँदमा सफा पानी आउने भएपनि वर्षादको समयमा धमिलो पानीले नै नुहाउन र लुगाधुन बाध्य रहेको कारागारमा रहेका कैदी मध्यका एक नाइकेले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार पुरानो भवन जीर्ण हुँदा पानी चुहिएर ड्युटीमा रहेकाहरुले बाल्टी थापेर बस्नुपर्ने अवस्था छ । कतिपय अवस्थामा पानी आहाल पर्दा बाल्टीले नै फाल्नुपर्ने अवस्था रहेको उनले सुनाए ।

    बाहिरी घेराको पर्खाल जीर्ण, त्रासमा कैदीबन्दी

    कारागारको बाहिरी घेरामा रहेको पर्खाल कोल्टिएको छ । कैदीबन्दीहरु हिँडडुल गरिरहेका बेला जतिबेला पनि पार्खाल भत्कन सक्ने र दूर्घटना हुन सक्ने कैदीबन्दी मध्यका अर्का एक नाइकेले बताए । ‘बाहिरी पर्खाल जीर्ण भएर कोल्टिएको छ । हामी हिँड्दा र डुल्दा पनि कतै भत्किएला भन्ने त्रास छ ।’ उनले भने, ‘मोडा बुन्नेहरु पनि बाहिरी पर्खालकै भित्र बसेर काम गर्ने हो । सबै त्रासमा छौं’

    कारागार प्रशासक शर्माले पर्खाल र ‘क’ ब्लक जीर्ण भएको माथी जानकारी गराएको बताए । कारागार प्रशासनमा कार्यरत कर्मचारीले आफूहरुको काम गर्ने स्थल समेत साँघुरो हुँदा सबै कर्मचारीले एक साथ काम गर्ने अवस्था नरहेको बताए । एक कर्मचारीले भने ‘सबै कर्मचारीले एक साथ काम गर्ने अवस्था छैन । केही बस्दा केही उठ्नुपर्ने अवस्था छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कास्की कारागार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।