कृष्ण अन्जान, गुल्मी। हिउँदभरी रुरुक्षेत्र गाउँपालिका वडा नं ३ गौतमटाेलका लेखनाथ गौतमका दिन बारीमा बाँदर लखेट्न मै बिते ।
बिहान देखि साँझ सम्म कहिले बारीको माथि कहिले दगुर्दै तल टुप्पो गर्दा हैरान बनाए बाँदरका बगालले । बारीमा लगाएका काँक्रा, अरु बेलापतेला पनि केही राखेन सबै निमिट्यान्न पारे गौतमले भने । याे समस्या के हिउँद के वर्षा बाह्रै महिना छ थाेर्गामा । हिउँदमा तरकारी उखु लगायतका खेतीमा बाँदरले राईँदलाे मच्चाउँछ भने वर्षा लागेपछि मकैखेतिमा सोत्र्यान पार्छ ।
बाँदरले हैरान पारेपछि पोहोरसाल रुरुक्षेत्र गाउँपालिका वडा न ३ ले दैनिक ज्यालादारीमा बाँदर धपाउने खेतारा नियुक्ति गरेपछि केही हदसम्म भएपनि बाँदरबाट खेती जोगाउन सकिएको थियो र यस वर्ष पनि रुरुक्षेत्र गाउँपालिका वडा न ३ थानपतीले वडामा बाँदर लखेट्न दैनिक ५ सय दिने गरि साउन र भदौ दुईमहिनाका लागि ४ जना खेतारा नियुक्त गरेको रुरुक्षेत्र गाउँ पालिका वडा न ३ का सचिव बालकृष्ण गौतमले जानकारी दिए ।
रुरुक्षेत्र गाउँपालिका वडा न ३ झमादि र ओखलढुंगा क्षेत्रमा दधिराम सार्क, माझगाउँ, खाेरबारीपाेखरा , ठाँटी स्यालपाेखरी, गौतमटाेल फेकलदी क्षेत्रमा शेर बहादुर नेपाली ,सुनडाँडा ,बसन्त पोखरी, मुसिडाँडा, लाेलेङ्गखाेला क्षेत्रमा दिल बहादुर नेपाली र पानी टँकि क्षेत्रमा जीव बहादुर सोमैलाई बाँदर लखेट्न वडाले नियुक्ति गरेको छ ।
यसरी नियुक्ति गरिएका व्यक्तिहरु बिहानै देखि आफ्नो कार्यक्षेत्रमा खटिने छन र स्थानीय बासिन्दा सँग समन्वय गरेर बाँदर लखेट्ने काम गर्नेछन।
पछिल्लो चरणमा यो क्षेत्रमा दुईचार हुल बाँदर आउने र लखेट्न खाेज्दा उल्टै झम्टिने गरेपछि स्थानीय बासिन्दा त्रसित छन । गाउँ पुरै जंगली पल्टिनु ,घर नजिक ठुला झाडि हुनु र जँगल बढ्नुकाे कारणले पनि बाँदर र ढेँडुवालाई आश्रय लिन सजिलाे भएकाे छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology