Logo

२०८३, आश्विन १०गते


images
images

स्थानीय तह

बर्दघाटका विद्यार्थीसँग छैन पुस्तक

बर्दघाटका विद्यार्थीसँग छैन पुस्तक

images
  • सेतोमसी सहकर्मी
  • बर्दघाटका विद्यार्थीसँग छैन पुस्तक
    images
    images

    नवलपरासी । शैक्षिक सत्र सुरु भएको ३ महिना बितिसक्दा पनि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पढ्ने विद्यार्थीले अझै पाठ्यपुस्तक पाएका छैनन् । 

    images
    images
    images

    नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षालाई मौलिक हक भनेर व्यवस्था गरेको छ । तर शैक्षिक सत्र शुरु भएको ३ महिना बित्दासमेत बर्दघाटमा विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । यस वर्षको शैक्षिक सत्र बैशाखको १ गते शुरु भए पनि यहाँका आधारभूत तहका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । 

    images
    images
    images

    नयाँ शैक्षिक सत्र सुरु भयसँगै  बैशाखमा नै  पाठ्यपुस्तकको माग गरिएपनि अहिले सम्म आएको छैन शिरोमणि प्राथमिक विद्यालयकी प्रधानाध्यपक सरस्वती खनाल यादवले बताइन् । उनले भनिन् " मैले धेरै पटक किताब आयो कि भनेर शिक्षा शाखामा बुझे अब केही दिनमा आउँछ भन्नु भएको छ ।" 

    images
    images
    images

    पटक पटक नगरमा विद्यार्थीहरूको  खबर गर्दा पनि नगरले अबको केही दिनमा आउँछ भन्ने गरेको छ । शैक्षिक सत्र सुरु भएको ३ महिना बितिसक्दा पनि नगरको केही दिन आएको भने छैन । बर्दघाट नगरपालिकाले शैक्षिक सत्रको सुरुवातमा नै विद्यार्थी संख्या विद्यालयहरू सङ्ग माग गरेको थियो । बैशाखमा नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउने गरि काम गरिएको सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङले बताए । उनले भने -" हामीले शैक्षिक सत्रको सुरुवातमा नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउने हिसाबले काम गरेका थियौं । शैक्षिक सत्र सुरु भएको तीन महिना  बितिसक्दा पनि विद्यार्थीले किन पाठ्यपुस्तक पाएनन् म तुरुन्त शिक्षा शाखामा बुझ्छु ।" 

    शिक्षकहरुले पटक पटक नगरमा गएर विद्यार्थीहरूले पुस्तक नपाएको गुनासो गर्दा नगरको शिक्षा शाखाले भने तेति चासो नदिएको देखिएको छ । सबै विद्यार्थीले पाठ्यपुस्तक पाएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए । उनले भने -" सबै विद्यार्थीले पाठ्यपुस्तक पाएका छन त्यस्तो कोहि छुटेको छ भने म बुझ्छु ।"  पन्थीले सबै विद्यार्थीले पुस्तक पाएको बताए पनि बर्दघाट ४ मा रहेको न्यु लाइफ माध्यमिक विद्यालय, शिरोमणि प्राथमिक विद्यालय र माउन्ट एभरेस्ट माध्यमिक विद्यालयमा विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । 

    न्यु लाइफमा कक्षा ३ का १ सय ३ जना मध्ये २१ जनाले मात्रै पाएका छन भने ८२ जनाले पाउन बाकी छन त्यस्तै शिरोमणिमा कक्षा २ का २६ जना, माउन्ट एभरेस्टमा कक्षा  ४ का ४० जना विद्यार्थीले स्थानीय पाठ्यपुस्तक हाम्रो बर्दघाट पाएका छैनन् । 

    पटक पटक नगरमा पाठ्यपुस्तकका विषयमा बुझेको माउन्ट एभरेस्ट विद्यालयका निवर्तमान प्राधानाध्यापक सञ्जय ढुङ्गानाले बताए । उनले भने - "दुई हप्ता अगाडि नगरमा गएर पाठ्यपुस्तकको विषयमा बुझेको अहिले सम्म आएको छैन  । दुई चार दिनमा नै आउँछ भन्नु भएको अहिले १५/१६ दिन भो अहिले सम्म पनि आएको छैन।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।