Logo

२०८३, आश्विन १०गते


images
images

देवदह माविमा बस, वैकल्पिक सौर्य उर्जा, पुस्तकालय तथा फिल्टर उद्घाटन

देवदह माविमा बस, वैकल्पिक सौर्य उर्जा, पुस्तकालय तथा फिल्टर उद्घाटन

images
  • देवदह माविमा बस, वैकल्पिक सौर्य उर्जा, पुस्तकालय तथा फिल्टर उद्घाटन
    images
    images

    रूपन्देही। देवदह माध्यमिक विद्दालयमा बस, वैकल्पिक सौर्य उर्जा, पुस्तकालय तथा फिल्टर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । भारतीय दूतावास, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र देवदह नगरपालिकाको संयुक्त सहयोगमा सो कार्यक्रम उद्घाटन भएको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् रूपन्देही जिल्ला क्षेत्र नं १ का संघीय सांसद छविलाल विश्वकर्माले  बस, वैकल्पिक सौर्य उर्जा, पुस्तकालय तथा फिल्टरलाई विद्यालय उद्घाटन गरेकोमा बधाइ तथा शुभकामना व्यक्त गरे।  विद्यार्थीको शिक्षा आर्जनमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै यसको सदुपयोग गर्न आग्रह गरेका छन । विद्यालयको समग्र विकासका लागि सबैको भूमिका अपरिहार्य रहने उनको भनाइ छ। 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले देवदह मावि देवदह नगरपालिकाकै गरिमामय विद्यालय बनोस भन्दै शुभकामना व्यक्त गरेका छन । देवदहमा सबैभन्दा महत्त्वपूर्ण पक्ष शिक्षा र स्वास्थ्य रहेको बताउँदै उनले शिक्षालाई प्रमुख पाटोमा राखेको उनको भनाइ छ। विद्यालयको महत्त्वपूर्ण पक्षनै विद्यार्थी रहेको बताउँदै उनले विद्यार्थीको गुणस्तरीय शिक्षा प्राप्त गर्ने विषयमा काम गर्न विद्यालयलाई अनुरोध गरेका छन । 

    images
    images
    images

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै देवदह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलले आफू अध्यक्ष भएपछि पहिलो कदमनै बसका लागि पहल गरेको बताए । सरनबारी सङ्गै अन्य क्षेत्रबाट आउने विद्यार्थीहरूलाई आवत जावतमा समस्या भएको र विद्यालयको बस जीर्ण अवस्थामा भएका कारण आफूले सो पहल गरेको बताए।

    362668153_3893704054190445_2504738757814226203_n.jpg
    362646610_936926094074070_5274257254840161378_n.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।