Logo

२०८३, कार्तिक २८गते


images
images

विकास

सडक निर्माणमा लापरवाही, मानव बस्ती जोखिममा 

सडक निर्माणमा लापरवाही, मानव बस्ती जोखिममा 

images
  • सेतोमसी सहकर्मी
  • सडक निर्माणमा लापरवाही, मानव बस्ती जोखिममा 
    images

    कृष्ण अन्जान, गुल्मी । बाहिर झमझम साउने झरि बर्सीरहेकाे छ तर रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ३ ठाँटीकी रुपा विकलाई भने पटक्कै निद्रा लाग्दैन ।बर्खा लागेसँगै उनकाे रात लगभग अनिदाेमै बित्छ । 

    images
    images
    images

    घरमाथिबाट हालसालै मात्र निर्माण हुँदै गरेकाे फलाँटे स्यालपाेखरी सडक खन्दा ठुल्ठुला ढुंगा खरबारी भरी अडकीएका छन भने बाटाे खन्दाकाे माटाे पनि खरबारीमा फालिएकाे छ जुन पानी परेसँगै लेताे सँगै बगेर घर पुर्ने हाे कि भन्ने चिन्ता छ रुपा विकलाई । बाटाे खन्न थालेपछि पटक पटक ढुंगा पल्टेर घर गाेठकाे छानाे टिनले छेँडेकाे पीडा त छँदैछ, अझै घरमाथिबाट खनिएकाे सडककाे ढुँगेरा क्षेत्रकाे पहिराेकाे जाेखिमले उनलाई निद्र लाग्दैन ।

    images
    images
    images

    "बर्खाभरी त कतै सुरक्षित ठाउँमा जान काेठा लिएर बस्न पाए बस्ने थिएँ म त" रुपा विकले भनिन । त्यसाे त उनकै छिमेकी चन्द्र बहादुर विकलाइ पनि त्यहि चिन्ता छ। उनकाे घर गाेठ पनि माथिबाट ढुंगा पल्टेर टिनका पाता छेँडिएका छन । उनलाई पनि बर्खा लागेपछि घर मास्तिरबाट पहिरो झर्ने हाे कि भन्ने जगजगी छ ।

    images
    images

    उता ठाँटीकै भुन कुमारी सनानीकाे घर पनि जाेखिममा परेकाे छ । फलाँट स्यालपाेखरी सडक फराकिलाे पार्दा उनकाे घरमुनीकाे ठुलाे ढिक बर्खा लागेसँगै पहिराे जान थालेकाे छ जसको कारणले उनकाे घर जाेखीममा परेकाे छ। "बारी पहिराले लईसक्याे अझै के के हुने हाे" उनले भनिन। 

    यहि सडककै कारण रुरुक्षेत्र ३ ठाँटी क्षेत्रका बाटामुनी र बाटामाथिका धेरै जसाे घर जाेखिममा परेका छन । यसैगरि सालविसाउना स्यालपाेखरी पानीटँकी सडक निर्माण भईरहँदा धेरै घर जग्गा जाेखिममा छन । रुरुक्षेत्र ३ अँधेरीखाेला नरहरि ज्ञवालीकाे घरमुनीकाे अवस्था त्यस्तै जाेखिम युक्त छ भने काब्राबाेट रामप्रसाद ज्ञवालीले घर तलकाे अबस्था पनि जाेखिम युक्त नै देखिन्छ ।
     
    यहि सडकमा बनाईएका कलभर्टबाट हेलिएर भल जाँदा रुरुक्षेत्र १ च्यूरेककाे तल्लाे क्षेत्रका कतिपय पँधेरा र घर समेत जाेखिमकाे अवस्थामा छन र जनगुनासाे सुनिन थालेकाे छ ।

    सडक पुर्वाधार विकासका लागि अत्यावस्यक छ तर यसले निम्त्याउन सक्ने प्राकृतिक विपत्तिकाे न्युनिकरण पनि मानवकै हातमा छ । बस्तीहरुमा पर्न सक्ने जाेखीमकाे न्युनिकरणसँगै पर्यावरणीय मापनलाई ध्यान दिएर विकास निर्माणलाई अगाडी बढाउनु पर्ने आवस्यकता पहाडी क्षेत्रमा देखा परेकाे छ । सडक निर्माण गर्दा भरसक मानव बस्ति भएका क्षेत्रमा कम जाेखिम हुने गरि डाेजर चलाउने र ती क्षेत्रकाे भौतिक सुरक्षाका लागि निर्माण कार्यलाई बलियाे बनाउने तर्फ निर्माण कम्पनीले जाेड दिनु पर्ने देखिन्छ ।

    "भरसक जाेखिम न्युनिकरणकाे प्रयास सँगै प्राकृतिक विपत्तिबाट मानव बस्ती बचाउने गरि हामीले निर्माण कम्पनीहरुलाई काम गर्न भनेका छौँ र साेहि अनुसार सडकमा निस्कने ढुंगालाई भरसक सडक तल नफाल्न र माटाे पनि सुरक्षित ठाउँमा लैजान भनिएकाे छ भने पानीकाे निकासकाे सुरक्षित व्यवस्थापनमा जाेड दिईएकाे छ" रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवालीले बताए ।

    यतिबेला रुरुक्षेत्रका सबै ठाउँहरुमा सडक पुर्वाधार निर्माण विकासको पहिलो प्राथमिकतामा रहँदै गर्दा यसले पार्न सक्ने जाेखिम न्युनिकरणबारे पनि सोंच्न आवश्यक छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।