दाङ । दाङमा खोलामा डुबेर बेपत्ता भएका एक युवककाे शव चार दिनपछि फेला परेकाे छ ।
गएकाे मङ्गलवार जङ्गुवा खोलामा डुबेर बेपत्ता भएका घोराही उपमहानगरपालिका वडा नम्बर १० का २८ वर्षीय सुनिल पुन मगरकाे शव आज शुक्रवार फेला परेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटेको प्रहरी टोलीले उनकाे लगातार खाेजी गरिरहेकाे थियाे । उनकाे शव घटनास्थलदेखि अन्दाजी ३०० मिटर तल हिलोमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology