बुटवल । जबरजस्ती करणी गरी करणीको भिडियो बनाई भाइरल गर्दिन्छु भन्दै ‘ब्ल्याकमेल’ गरेको आरोपमा बुटवलका एक युवा पक्राउ परेका छन् ।
रुपन्देहीकी एक युवतीलाई करणी गरि भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा पाल्पा प्रहरीले बुटवल उप–महानगरपालिका वडा नं ९ बस्ने २४ वर्षिय एक युवकलाई पक्राउ गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार ती युवकले बैशाख ५ गते बिहान पाल्पा तानसेन नगरपालिका वडा नं. ३ भगवतीटोल स्थित एक होटलमा रुपन्देहीकै २५ वर्षीय महिलालाई करकापमा जबरजस्ती करणी गरेको र करणी गरेको भिडियो बनाई पटक– पटक फोन तथा म्यासेज गरी भेटन नआए भिडियो भाइरल गर्ने धम्की दिने गरेका थिए।
हिजो शुक्रबार जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी दिएसँगै पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटिई ईलाका प्रहरी कार्यालय बुटवलको समन्वयमा आरोपित युवालाई रुपन्देहीको बुटवलबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका युवकलाइ थप अनुसन्धान गरि जबर्जस्ती करणी अभियोगको मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology